Trending
>>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित) >>   दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु >>   निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भवः मन्त्री सिन्हा >>   सिरियाली सेनाद्वारा अलेप्पोका दुई क्षेत्र बन्द सैन्य क्षेत्र घोषणा गर्दै कर्फ्यु लागू >>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

विश्व


अमेरिकी प्रथम महिला पुनःकोरोना सङ्क्रमित

१९ भदाै, एजेन्सी । अमेरिकी प्रथम महिला जिल बाइडेन पुनःकोविड–१९ बाट सङ्क्रमित भएकी छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा सोमबार उनि कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको हो । राष्ट्रपति जो बाइडेनको प्रयोगशाला परीक्षण प्रतिवेदन भने नकारात्मक आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ७२ वर्षीया प्रथम महिलालाई कोरोनाका सामान्य लक्षणमात्र देखिएको

कसरी गर्ने आफ्नो मुटुको हेरचाह ? यस्ता छन् विश्व स्वास्थ्य संगठनका ६ सुझाव

१९ भदाै, एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार मुटु सम्बन्धि रोग विश्वमा मानिसको मृत्यु हुने सबैभन्दा प्रमुख कारण हो । मुटु सम्बन्धि रोग हुने प्रत्येक तीन जनामध्ये एक जनाको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । पछिल्लो तथ्यांक अनुसार फिलिपिन्समा मात्रै वर्षेनी ५० हजार मानिसको मुटु रोगकै कारण मृत्यु हुने

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना, तीन जनाको ज्यान गएको पुष्टि

१९ भदाै, एजेन्सी । पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानमा रहेको नौसेनाको हेलिकप्टर यान्त्रिक गडबडीका कारण दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको सेनाले जनाएको छ । सी किङ विमान उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

राष्ट्रपति सी जी २० शिखर सम्मेलनमा सहभागी नहुने

१९ भदाै, एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङ विश्वका विशाल अर्थतन्त्र भएका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी २० को यही भदौ २३ र २४ गते भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुने १८ औँ शिखर सम्मेलनमा सहभागी नहुने बेइजिङले घोषणा गरेको छ । चिनियाँ विदेश मन्त्रालयमा आज भएको

मणिपुर हिंसालाई लिएर राष्ट्रसङ्घमा भारतको आलोचना

१९ भदाै, मणिपुर । मणिपुर हिंसालाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको आलोचना भएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले मणिपुरमा भएका हिंसात्मक घटना एवं यौनलगायत अन्य दुव्र्यवहार नियन्त्रण गर्न भारतले गम्भीर भएर प्रतिकार्य नगरेको भन्दै केन्द्रीय नेतृत्वको आलोचना गरेका हुन् । भारतको उत्तरपूर्वी राज्यमा जातीय द्वन्द्वका बीच यौन हिंसासहित मानव अधिकार उल्लङ्घनका गम्भीर

रुसी सेनामा दुई लाख असी हजारको भर्ती

१७ ,भाद्र ,मस्को । रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन् । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहनु भएका पूर्वराष्ट्रपतिले आइतबार उक्त जानकारी दिएका हुन् । युक्रेनसँगको आक्रामक कारबाही १९ औँ महिनामा चलिरेहेका बेला धेरैभन्दा धेरै

खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु

१७ ,भाद्र , वाद मदानी, सुडान । सुडानको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा २० जना सर्वसाधारणको मृत्यु भएको छ । हवाई आक्रमणमा परी उनीहरूको मृत्यु भएको केही घण्टापछि पनि खार्तुमका बासिन्दा आइतबार बिहान त्रासका साथ उठेको सुडानी अधिकारकर्मीले बताएका छन् । दक्षिणी खार्तूममा भएको हवाई बमबारीमा

महिलाले छैटौँ तलाबाट नवजात शिशु फ्याँकेपछि…

१७ भदाै, काठमाडाैँ । एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन् । कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको प्रहरीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ । यो घटना शनिबार अपराह्नको हो । कराँची प्रहरीले तत्काल अनुसन्धान थालेको छ ।

सबै देशबाट राजदूत फिर्ता बोलाउन नाइजेरियाको निर्देशन

१७ भदाै, एजेन्सी । पश्चिम अफ्रिकी देश नाइजेरियाले विदेशमा रहेका आफ्ना सबै राजदूतहरूलाई फिर्ता बोलाएको छ । राष्ट्रपति बोला टिनुबुले कूटनीतिक सेवा र गैर–कूटनीतिक सेवाबाट विश्वका विभिन्न मुलुकमा नियुक्त भएका सबै राजदूतलाई शनिबार फिर्ता बोलाउन निर्देशन दिनुभएको हो । न्यूयोर्क र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय निकायमा स्थायी प्रतिनिधिका रुपमा

चट्याङ लागेर १० जनाको मृत्यु

१७ भदाै, एजेन्सी । उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्युभएको छभने अन्य तीन जना घाइते भएका छन् । राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ । गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला

सम्वन्धित समाचारहरु