Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

रुसी राष्ट्रपतिलाई भेटेर स्वदेश फर्किए नेता किम


२८ भदाै, एजेन्सी । आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेर उत्तर कोरियाली सर्वोच्च नेता किन जोङ उन स्वदेश प्रस्थान गरेका छन् ।

भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा रहेको साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमाराष्ट्रपति पुटिनसँग शिखर वार्ता गरेर नेता किम आफ्नो अभेद्य रेलमा स्वदेश फर्किको रुसी समाचार संस्था आरआईए नोवोस्तीले जनाएको छ । उनि राष्ट्रपति पुटिनको निमन्त्रणामा रुस भ्रमणमा थिए ।

वार्ताका क्रममा उत्तर कोरियाली नेताले राष्ट्रपति पुटिनलाई मस्कोका सेनाले आफ्ना शत्रुहरूमाथि ‘महान् विजय’ हासिल गर्ने आश्वासन दिनुभएको रुसी समाचार समितिहरूले जनाएका छन् । उनले रुसी सेनाको प्रशंसा गर्दै युक्रेन युद्ध जित्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पुटिनले दुई देशबीचको सहयोग र मत्री भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै रुस र उत्तर कोरियाको समृद्धिको कामना गरेका थिए । उत्तरबाट हतियार आपूर्ति तथा रुसबाट जासुसी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्नेप्रविधि हस्तान्तरण तथा खाद्यान्नलगायत सहयोगबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?