Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

७० वटा गोही शहरमा छिरेपछि…


२७ भदाै, एजेन्सी । चीनको एक सहरले हालैका दिनहरूमा आएको बाढीका कारण ठूलो सङ्ख्यामा भागेका गोहीको खोजी सुरु गरेको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

गत हप्ता दक्षिणी चीनमा आएको आँधीका कारण ठूलो वर्षा भएपछि हङकङ र अन्य क्षेत्रमा डुबान भएको थियो ।

गुआङडोङ प्रान्तको माओमिङ शहर वरपर बाढी र डुवान हुँदा एउटा व्यावसायिक गोही फार्म सञ्चालन गरिएको तालबाट ७० भन्दा बढी गोही भागेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीय आपतकालीन व्यवस्थापन कार्यालयमा फोनको जवाफ दिने एक व्यक्तिले मङ्गलबार एएफपीलाई बताएअनुसार अधिकारीहरूले सरीसृपको उद्धारका लागि काम गरिरहेका छन् ।

ती व्यक्तिले अझै कति जनावर खुला अवस्थामा छन् वा अहिलेसम्म कुनै पनि फेला परेका छन् कि छैनन् भन्नेबारे केही बताएनन् ।

राज्य समर्थित बेइजिङ न्यूजले प्रकाशित गरेको एक भिडियोमा रातो पोसाक लगाएका उद्धारकर्मीहरूले उद्धार डुङ्गामा बाढीले भरिएका खेतहरू खोजिरहेको देखाइएको छ ।

थप तस्बिरमा दुई मिटर लामो खस्रो जनावर सडकमा लडिरहेको र उनीहरूका मुख रातो टेपले बाँधिएको देखिन्छ ।

“गोही अझै पनि पानीमा छन् र धेरै सरकारी विभागहरूले तिनीहरूलाई समात्ने काम गरिरहेका छन्,” चाइना नेशनल रेडियो (सीएनआर) ले स्थानीय कृषि ब्यूरोलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

“गोहीको निश्चित सङ्ख्या गणनासहित घटनाको अनुसन्धान भइरहेको छ,” सीएनआरले भनेको छ ।

गोहीलाई चीनमा छालाका साथै मासुका लागि पनि हुर्काइन्छ, जुन कहिलेकाहीं परम्परागत औषधिमा पनि प्रयोग गरिन्छ ।

सीएनआरका अनुसार उक्त क्षेत्रमा ‘गोही थीम पार्क’ र ‘देशकै सबैभन्दा ठूलो गोही प्रजनन शिविर’ पनि रहेको छ ।

वेइबो सोसल मिडिया प्लेटफर्ममा प्रयोगकर्ताहरूले गाही तालबाट बाहिरिएको र तिनीहरूलाई नियन्त्रण गर्न तत्काल सरकारी अधिकारीको थप ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गरेका छन् ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?