Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सुडानका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि पर्थेसद्वारा राजीनामा


२८ भदाै, एजेन्सी । सुडानका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि भोल्कर पर्थेसले पदबाट राजीनामा दिएका छन् ।

संयुक्त राष्ट्रसंघीय सुडानका राजदूत पर्थेसले खार्तूममा सेना र अर्धसैनिक समूहबीच पाँच महिनादेखि जारी द्वन्द्वका बीच बुधबार राजीनामाको घोषणा गरेका हुन् ।

उनले सुडानको द्वन्द्व व्यवस्थापनका लागि जिम्मेवारी दिएकोमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसप्रति आभार व्यक्त गर्दै यो अवधिमा आफुले सम्भावित सबै भूमिकाको निर्बाह गरेको बताएका छन् ।

“त्यो अवसर र ममाथिको विश्वासका लागि म महासचिवप्रति आभारी छु, तर मैले उहाँसँग यो कर्तव्यबाट मुक्त गर्न आग्रह गरेको छु,” पर्थेसले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै भने ।

सुडान सन्दर्भलाई जोड्दै उनले भने, “यो द्वन्द्व पूर्ण गृहयुद्धमा परिणत हुन सक्छ ।”


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?