Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सुडानका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि पर्थेसद्वारा राजीनामा


२८ भदाै, एजेन्सी । सुडानका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि भोल्कर पर्थेसले पदबाट राजीनामा दिएका छन् ।

संयुक्त राष्ट्रसंघीय सुडानका राजदूत पर्थेसले खार्तूममा सेना र अर्धसैनिक समूहबीच पाँच महिनादेखि जारी द्वन्द्वका बीच बुधबार राजीनामाको घोषणा गरेका हुन् ।

उनले सुडानको द्वन्द्व व्यवस्थापनका लागि जिम्मेवारी दिएकोमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसप्रति आभार व्यक्त गर्दै यो अवधिमा आफुले सम्भावित सबै भूमिकाको निर्बाह गरेको बताएका छन् ।

“त्यो अवसर र ममाथिको विश्वासका लागि म महासचिवप्रति आभारी छु, तर मैले उहाँसँग यो कर्तव्यबाट मुक्त गर्न आग्रह गरेको छु,” पर्थेसले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै भने ।

सुडान सन्दर्भलाई जोड्दै उनले भने, “यो द्वन्द्व पूर्ण गृहयुद्धमा परिणत हुन सक्छ ।”


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?