Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

विश्वव्यापी ऋण अझै महामारीअघिको स्तरभन्दा माथि : आईएमएफ


२८ भदाै, एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गत वर्ष आर्थिक उत्पादनको अनुपातमा गिरावट आए पनि विश्वव्यापी ऋणको भार महामारीअघिको भन्दा निकै माथि रहेको जनाएको छ ।

आइएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक र निजी दुवै ऋणसहित कुल ऋण गत वर्ष विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २३८ प्रतिशत रहेको छ, जुन सन् २०१९ को तुलनामा नौ प्रतिशत बढी हो ।

आईएमएफले उच्च सार्वजनिक ऋण हुनुलाई विश्वव्यापी विकासमा देखिएको सुस्ततालाई जिम्मेवार ठह¥याएको छ, जुन निजी ऋणको तुलनामा सुस्त दरमा घटिरहेको छ ।

आईएमएफले भनेको छ, “वित्तीय घाटाले सार्वजनिक ऋणको स्तरलाई उच्च राखेको छ, किनकि धेरै सरकारहरूले वृद्धिलाई बढावा दिन र महामारीसँग सम्बन्धित वित्तीय समर्थन समाप्त भए तापनि खाद्य र ऊर्जाको मूल्य वृद्धि रोक्न बढी खर्च गरेका छन् ।”

यसले सरकारहरूलाई निजी ऋणको ‘सतर्क निगरानी’ र सार्वजनिक ऋण स्थिरता व्यवस्थापन गर्न ‘विश्वसनीय’ वित्तीय ढाँचाहरू सिर्जना गरेर ऋणको कमजोरी कम गर्न ‘तत्काल कदम’ चाल्न आह्वान गरेको छ ।

महामारीको समयमा ऋणको स्तर बढे पनि सार्वजनिक र निजी क्षेत्र दशकौंदेखि बढ्दै गएका छन् ।

आईएमएफका अनुसार यो वृद्धिको ठूलो हिस्साका लागि चीन जिम्मेवार छ, हालका वर्षहरूमा कुल गार्हस्थ उत्पादन प्रतिशतको रूपमा उसको ऋण तीव्र रूपमा बढेको छ र संयुक्त राज्य अमेरिकाको समान स्तरमा पुगेको छ ।

न्यून आय भएका देशहरूमा ऋण पनि बढ्दै गएको छ, जसले ‘चुनौती र कमजोरी’ हरू सिर्जना गरेको छ । यसमा कम आय भएका विकासशील देशहरूको आधाभन्दा बढीमा ऋण सङ्कटको उच्च जोखिम पनि समावेश छ ।

आईएमएफले भनेको छ, “ऋणको बोझ कम गर्नाले वित्तीय रिक्तता सिर्जना हुनेछ र नयाँ लगानीलाई अनुमति दिनेछ । यसले आगामी वर्षहरूमा आर्थिक वृद्धिलाई बढावा दिन मद्दत गर्नेछ ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?