९ जेठ, एजेन्सी । शेन्झाउ-१६ क्रुड स्पेसशिप र लङ मार्च-२एफ क्यारियर रकेटको सोमबार प्रक्षेपण स्थलमा सारिएको छ । चीन मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) का अनुसार सो प्रक्षेपणको तयारी पूरा गरिएको छ । प्रक्षेपण स्थलमा उपकरणहरू राम्रो अवस्थामा छन्र विभिन्न पूर्व-प्रक्षेपण समारोह जाँचहरू र संयुक्त परीक्षणहरू योजना अनुसार नै गरिने एजेन्सीले जनाएको
९ जेठ, सिड्नी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पपुवा न्यु गिनीको भ्रमण सकेर सिड्नी आएका छन्। सिड्नी आइपुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतका लागि अस्ट्रेलियाली उच्चायुक्त ब्यारी ओफरेल र अन्य अधिकारीहरूले स्वागत गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानीजसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्। उनीहरूको द्विपक्षीय भेटमा बृहत् आर्थिक
९ जेठ, एजेन्सी । मस्कोले रुसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको बताएपछि युक्रेनले सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ । "युक्रेनले रुसको बेल्गोरोड क्षेत्रका घटनाहरूलाई चासोका साथ हेरिरहेको र विकसित अवस्थाको अध्ययन गरिरहेको ।," युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले बताएका छन् ।
९ जेष्ठ ,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता र सीमानाका खुलाउने विषयलगायत विविध विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री रिजालले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि
८ जेठ, एजेन्सी । गयानाको एक विद्यालयमा आइतबार भएको आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । “यो ठूलो विपत्ति हो । यो भयानक छ, यो दर्दनाक छ,” दक्षिण अमेरिकी राष्ट्र युयनाका राष्ट्रपति इरफान अलीले स्थानीय समय अनुसार आइतबार राति भने । मध्य गुयानास्थित महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा
८ जेठ, एजेन्सी । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा.सिल्भाले आफू र भोलोदिमिर जेलेन्स्कीबीच आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनमा भेट हुन नसकेकामा आफू ‘दुःखी’ भएको बताएका छन् । हिरोशिमामा भएको शिखर सम्मेलनबाट नयाँ कूटनीतिक समर्थन र थप सैन्य सहायताको प्रतिबद्धताका पाएका जेलेन्स्कीले लुलासँग एक्लाएक्लै भेटको
८ जेठ, एजेन्सी । युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेनी भूभागमा रहेका रूसी प्रशासक र युक्रेनी आणविक एजेन्सीले सोमबार बताएका छन् । रूसी प्रशासनले टेलिग्राममा लेखेको छ, “‘हाई एक्टेन्सन लाइन’ काटिएका कारण प्लान्टले आफ्नो बाह्य विद्युत आपूर्ति गुमाएको छ । लोडसेडिङको कारणबारे अनुसन्धान भइरहेको
८ जेठ, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वासिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने बताएका छन् । गत नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा भएको जी–२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तापछि केही महिनायता दुई देशबीचको सम्बन्ध बिग्रिएको स्वीकार्दै सम्बन्ध सुधार हुनुपर्नेमा
८ जेठ, एजेन्सी । अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार भएको सैन्य हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि वगरिएको छ । विमान दुर्घटनाग्रस्त भएकोबारे स्थानीय सञ्चारमाध्यम टोलोन्युजले यसअघि नै अधिकारीलाई उद्धृत गरी पुष्टि गरेको थियो । महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आइतबार दिउँसो खलम जिल्लाको सयद
८ जेठ, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको बखमुत शहरको ‘विनाश’ लाई सन् १९४५ मा अमेरिकी आणविक बमले आक्रमण गरेपछि हिरोशिमामा भएको विनाशसँग तुलना गर्नुभएको छ । युद्धपूर्व ७० हजार जनसङ्ख्या भएको बखमुत रूसको आक्रमणको सबैभन्दा लामो र रक्तपातपूर्ण युद्धको दृश्य बनेको छ । महिनौँसम्म चलेको भीषण लडाइँको समयमा