Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

‘भारतसँग मङ्गल र शुक्रग्रहमा पुग्ने सामर्थ्य छ’


१० भदाै, एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका छन् ।

तिरुवनन्तपुरममा पत्रकारहरूसँग शनिबार राति कुरा गर्दै उनले जुनसुकै ग्रहमा पुग्नसक्ने सामथ्र्य भारतको रहेको दाबी गरे । इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको बताए । “हामीलाई थप लगानीको खाँचो छ, अन्तरिक्ष क्षेत्रको विकास गर्नुपर्छ र यसबाट सिङ्गो राष्ट्रको विकास गर्नुपर्छ, त्यो हाम्रो लक्ष्य हो,” इसरोले चन्द्रयान–३ परियोजना पर्याप्त लगानीका बाबजुद सफलतापूर्वक सम्पन्न गरेको सुनाउँदै उनले भने ।

यसअघि शनिबार नै प्रधानमन्त्री नरेन्द्र मोदी बेङ्गलुरुको इसरो मुख्यालयमा पुग्दा उनलाई हार्दिक स्वागत गरिएको थियो । उनले तेस्रो चन्द्रयान टोलीमा संलग्न इसरोका महिला वैज्ञानिकका साथै अन्य वैज्ञानिकहरूको टोलीलाई भेटेर अबदेखि हरेक वर्ष अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइने घोषणा गरेका थिए । गत बुधबार साँझ चन्द्रमाको दक्षिण ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण भएको थियो । चद्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बनेको छ ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?