Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२९ माघ २०८२, बिहीबार
२९ माघ २०८२, बिहीबार

‘भारतसँग मङ्गल र शुक्रग्रहमा पुग्ने सामर्थ्य छ’


१० भदाै, एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका छन् ।

तिरुवनन्तपुरममा पत्रकारहरूसँग शनिबार राति कुरा गर्दै उनले जुनसुकै ग्रहमा पुग्नसक्ने सामथ्र्य भारतको रहेको दाबी गरे । इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको बताए । “हामीलाई थप लगानीको खाँचो छ, अन्तरिक्ष क्षेत्रको विकास गर्नुपर्छ र यसबाट सिङ्गो राष्ट्रको विकास गर्नुपर्छ, त्यो हाम्रो लक्ष्य हो,” इसरोले चन्द्रयान–३ परियोजना पर्याप्त लगानीका बाबजुद सफलतापूर्वक सम्पन्न गरेको सुनाउँदै उनले भने ।

यसअघि शनिबार नै प्रधानमन्त्री नरेन्द्र मोदी बेङ्गलुरुको इसरो मुख्यालयमा पुग्दा उनलाई हार्दिक स्वागत गरिएको थियो । उनले तेस्रो चन्द्रयान टोलीमा संलग्न इसरोका महिला वैज्ञानिकका साथै अन्य वैज्ञानिकहरूको टोलीलाई भेटेर अबदेखि हरेक वर्ष अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइने घोषणा गरेका थिए । गत बुधबार साँझ चन्द्रमाको दक्षिण ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण भएको थियो । चद्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बनेको छ ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?