Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

शिक्षकले बालकलाई थप्पड हान्न लगाएपछि पिडितका आफन्तजन आन्दोलित


१० भदाै, एजेन्सी । एक प्राथमिक विद्यालयकी शिक्षिकाले गणित बिषय पढाउँदै गर्दा दुना (हिसाब गर्ने गणितीय विधि) नजानेपछि बालकलाई सहपाठीबाट पालैपालो थप्पड हान्न आदेश दिएपछि घटनालाई लिएर पीडितका आफन्तजन आन्दोलित बनेका छन् ।

थप्पड खाने विद्यार्थी मुस्लिम समुदायका रहेको प्रहरीले पुष्टि गरेको छ ।

भारतीय अधिकारीहरूले पीडितको आफन्तजन आन्दोलित भएपछि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । भारतमा पछिल्लो समय मुस्लिम समुदायविरुद्ध घृणाजन्य अपराध र हिंसाका घटना बढेको अधिकारवादी समूहले बताएका छन् ।

बिहीबारको घटनाको फुटेजमा उत्तर प्रदेश राज्यको एक निजी विद्यालयका शिक्षकले विद्यार्थीलाई सात वर्षीय बालकलाई हिर्काउन निर्देशन दिएको देखिन्छ । ती शिक्षकले केटाकेटीलाई भनेको र पिटाइ खाने केटा रोइरहेको फुटेजमा सुन्न सकिन्छ, ‘तिमी उसलाई किन यति हल्का हानेको हो ? उसलाई जोडले हिर्काऊ ।’

ती शिक्षकले केटाकेटीहरूलाई भनेको र पिटाइ खाने केटा रोइरहेको फुटेजमा सुन्न सकिन्छ । ‘अब उसलाई कम्मरमा हान । उसको अनुहार रातो हुँदै गएको छ, कम्मरमा हिर्काऊ,’ प्रहरीले घटनासँग सम्बन्धित भनी पुष्टि गरेको भिडियो फुटेजमा सुन्न र देख्न सकिन्छ । प्रहरी उपरीक्षक सत्यनारायण प्रजापतले उक्त फुटेजको पुष्टि भइसकेको बताए ।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘शिक्षकलाई विभागीय कारबाहीका लागि प्रहरीद्वारा सिफारिस गरिनेछ ।’

‘पीडितबालिकाका बुबाले घटना भएको मुजफ्फरनगर जिल्लामा प्रहरीमा मुद्दा दर्ता गराएका र यस सम्बन्धमा थप छानविन भइरहेको छ,’ स्थानीय प्रशासकले सञ्चारकर्मीसँग भनेका छन् ।

विपक्षी नेता राहुल गान्धीले हिन्दू बहुल देशमा धार्मिक असहिष्णुतालाई बढावा दिएको आरोप सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) विरूद्ध लगाएका छन् ।

‘विद्यालयजस्तो पवित्र ठाउँलाई घृणाको बजारमा परिणत गर्दै निर्दोष बालबालिकाको मनमा भेदभावको विष छर्नु गलत हो,’ उनले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेखेका छन् ।

उनले भने, ‘एउटा शिक्षकले देशको लागि योभन्दा नराम्रो केही गर्न सक्दैन ।’


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?