Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

शिक्षकले बालकलाई थप्पड हान्न लगाएपछि पिडितका आफन्तजन आन्दोलित


१० भदाै, एजेन्सी । एक प्राथमिक विद्यालयकी शिक्षिकाले गणित बिषय पढाउँदै गर्दा दुना (हिसाब गर्ने गणितीय विधि) नजानेपछि बालकलाई सहपाठीबाट पालैपालो थप्पड हान्न आदेश दिएपछि घटनालाई लिएर पीडितका आफन्तजन आन्दोलित बनेका छन् ।

थप्पड खाने विद्यार्थी मुस्लिम समुदायका रहेको प्रहरीले पुष्टि गरेको छ ।

भारतीय अधिकारीहरूले पीडितको आफन्तजन आन्दोलित भएपछि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । भारतमा पछिल्लो समय मुस्लिम समुदायविरुद्ध घृणाजन्य अपराध र हिंसाका घटना बढेको अधिकारवादी समूहले बताएका छन् ।

बिहीबारको घटनाको फुटेजमा उत्तर प्रदेश राज्यको एक निजी विद्यालयका शिक्षकले विद्यार्थीलाई सात वर्षीय बालकलाई हिर्काउन निर्देशन दिएको देखिन्छ । ती शिक्षकले केटाकेटीलाई भनेको र पिटाइ खाने केटा रोइरहेको फुटेजमा सुन्न सकिन्छ, ‘तिमी उसलाई किन यति हल्का हानेको हो ? उसलाई जोडले हिर्काऊ ।’

ती शिक्षकले केटाकेटीहरूलाई भनेको र पिटाइ खाने केटा रोइरहेको फुटेजमा सुन्न सकिन्छ । ‘अब उसलाई कम्मरमा हान । उसको अनुहार रातो हुँदै गएको छ, कम्मरमा हिर्काऊ,’ प्रहरीले घटनासँग सम्बन्धित भनी पुष्टि गरेको भिडियो फुटेजमा सुन्न र देख्न सकिन्छ । प्रहरी उपरीक्षक सत्यनारायण प्रजापतले उक्त फुटेजको पुष्टि भइसकेको बताए ।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘शिक्षकलाई विभागीय कारबाहीका लागि प्रहरीद्वारा सिफारिस गरिनेछ ।’

‘पीडितबालिकाका बुबाले घटना भएको मुजफ्फरनगर जिल्लामा प्रहरीमा मुद्दा दर्ता गराएका र यस सम्बन्धमा थप छानविन भइरहेको छ,’ स्थानीय प्रशासकले सञ्चारकर्मीसँग भनेका छन् ।

विपक्षी नेता राहुल गान्धीले हिन्दू बहुल देशमा धार्मिक असहिष्णुतालाई बढावा दिएको आरोप सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) विरूद्ध लगाएका छन् ।

‘विद्यालयजस्तो पवित्र ठाउँलाई घृणाको बजारमा परिणत गर्दै निर्दोष बालबालिकाको मनमा भेदभावको विष छर्नु गलत हो,’ उनले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेखेका छन् ।

उनले भने, ‘एउटा शिक्षकले देशको लागि योभन्दा नराम्रो केही गर्न सक्दैन ।’


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?