Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

अफगानिस्तानमा ६० लाखभन्दा बढी व्यक्ति आन्तरिक रूपमा विस्थापित


१० भदाै, एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले अफगानिस्तानमा हाल ६५ लाख ५० हजार आन्तरिक रूपमा विस्थापित व्यक्ति रहेको उल्लेख गरेको छ । यूएनडीपी) ले अफगानिस्तान सिरियापछि सबैभन्दा बढी विस्थापित भएको मुलुक बनेको जनाएको छ ।

यूएनडीपीको प्रतिवेदन अनुसार सन् २०२२ को डिसेम्बर ३१ सम्ममा द्वन्द्व र हिंसाका कारण ४३ लाख ९० हजारभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने विपद्का कारण २१ लाख ६० हजार मानिस विस्थापित भएका छन् । प्रतिवेदनले आगामी ३० वर्षमा विश्वव्यापी विस्थापनको सम्भावित वृद्धिबारे चेतावनी जारी गरेको टोलो न्यूजले जनाएको छ ।

द्वन्द्व र अस्थिरताका कारण केही वर्षअघि लघमान प्रान्तबाट काबुल बसाइँ सरेका मलिक खानले भने, “हाम्रो मुख्य मुद्दा आन्तरिक रूपमा विस्थापितका लागि कुनै सहयोग नहुनु हो र पछिल्लो दुई वर्षमा हामीले प्राप्त गरेको एक मात्र सहयोग ५० किलो तेल र पाँच किलो मटर हो ।

टोलो न्यूजका अनुसार केही अन्य विस्थापितले तालिबान र सहायता संस्थाहरूसँग उनीहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

अर्की विस्थापित महिला मरियमले भने, “हामी इस्लामिक इमिरेट्ससँग हामीलाई आश्रय दिन र सहयोग गर्न आग्रह गर्दछौं । यदि यसले हामीलाई समान स्थान दिन्छ र हामीसँग वासको व्यवस्था गर्ने स्रोत नै छैन भने हामी यसलाई स्वीकार गर्दछौं ।”

“हामी यहाँ केही गर्न र हाम्रा बच्चाहरूलाई आश्रय प्रदान गर्न आएका थियौं । हामीसँग पानीको, बिजुलीको समस्या छ र हाम्रा बच्चाहरू विदालय जाँदैनन् । हामी मजारबाट यहाँ आएका थियौँ, जहाँ कुनै काम थिएन,” बाल्ख प्रान्तबाट विस्थापित हयातुल्लाहले भने ।

गरिबी, असुरक्षा र द्वन्द्वका कारण पनि अफगानी नागरिकले आफ्नो घर छोड्दै श्रम, रोजगारी र सहयोगको खोजमिा शहरी क्षेत्रमा केन्द्रित भएको टोलो न्यूजले जनाएको छ ।

यसबाहेक, अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले यसअघि अफगानिस्तानमा आन्तरिक रूपमा विस्थापित हुनेहरूको सङ्ख्यामा वृद्धि भएको बताएको थियो । सङ्गठनले देशको आन्तरिक रूपमा विस्थापित जनसङ्ख्या करिब ६० लाख रहेको अनुमान गरेको छ ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?