Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

‘गलत सूचना पत्रकारिताको पहिलो पाप’


१० भदाै, एजेन्सी । पोप फ्रान्सिसले जनमतलाई प्रभावित पार्ने उद्देश्यले फैलाइएको ‘भ्रामक सूचना’ र भ्रामक समाचारलाई पत्रकारिताको प्रमुख अपराध को संज्ञा दिएका छन् ।

फ्रान्सिसले इटालियाली पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गर्न आयोजित कार्यक्रममा भने, “गलत सूचना पत्रकारिताको पहिलो पाप र गल्ती हो ।”

एक समझदार सञ्चारक मानिने पोपको अङ्ग्रेजीमा अनुवादित अंशमा पोपले ‘पाप शब्दमा फर्केर सञ्चारमाध्यमको चार कुकर्महरूलाई सूचीबद्ध गरेका छन् ।

“गलत सूचना, जब पत्रकारिताले नराम्रो तरिकाले सूचित गर्दैन वा सूचित गर्दैन; निन्दा (कहिलेकाहीं पत्रपत्रिकामा यो प्रयोग गरिन्छ) मानहानि, जो निन्दा भन्दा फरक छ तर कसैको सम्मानलाई गर्दछ; र चौथो भ्रष्टचारप्रति लालायित हुनु पत्रकारिताका प्रमुख चार गलत कार्य हुन् ।”

“उदाहरणका लागि, जनमत निर्माण गर्नका लागि भ्रामक समाचार सम्प्रेषण गर्नेहरूको चलखेलप्रति म चिन्तित छु,” उनले भने ।

“विशेषगरी युरोपले युक्रेनमा जारी युद्धसँग जुधिरहेको बेला ‘जिम्मेवारीको पुनर्जागरण’ गर्न आग्रह गर्दछु ।

उनले भने, “शान्तिको आवाजलाई स्थान दिन र अन्य द्वन्द्वजस्तै यस (युक्रेन युद्ध) लाई अन्त्य गर्न सवै पक्ष प्रतिबद्ध हुनेछन् भन्नेमा म विश्वस्त छु ।”

विश्वका एक अर्ब ३० करोड क्याथोलिक धर्मावलम्बीको सन् २०१३ मा प्रमुख बनेदेखि नै ८६ वर्षीय फ्रान्सिसले सञ्चारकर्मीसँग व्यापक अन्तरक्रिया गर्दै आएका छन् ।

यसै वर्षको सुरुमा डिज्नी प्लस प्रसारण सेवामा ‘कन्भर्सेसन विथ द पोप’ नामक डकुमेन्ट्री सार्वजनिक गरिएको थियो ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?