Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

‘गलत सूचना पत्रकारिताको पहिलो पाप’


१० भदाै, एजेन्सी । पोप फ्रान्सिसले जनमतलाई प्रभावित पार्ने उद्देश्यले फैलाइएको ‘भ्रामक सूचना’ र भ्रामक समाचारलाई पत्रकारिताको प्रमुख अपराध को संज्ञा दिएका छन् ।

फ्रान्सिसले इटालियाली पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गर्न आयोजित कार्यक्रममा भने, “गलत सूचना पत्रकारिताको पहिलो पाप र गल्ती हो ।”

एक समझदार सञ्चारक मानिने पोपको अङ्ग्रेजीमा अनुवादित अंशमा पोपले ‘पाप शब्दमा फर्केर सञ्चारमाध्यमको चार कुकर्महरूलाई सूचीबद्ध गरेका छन् ।

“गलत सूचना, जब पत्रकारिताले नराम्रो तरिकाले सूचित गर्दैन वा सूचित गर्दैन; निन्दा (कहिलेकाहीं पत्रपत्रिकामा यो प्रयोग गरिन्छ) मानहानि, जो निन्दा भन्दा फरक छ तर कसैको सम्मानलाई गर्दछ; र चौथो भ्रष्टचारप्रति लालायित हुनु पत्रकारिताका प्रमुख चार गलत कार्य हुन् ।”

“उदाहरणका लागि, जनमत निर्माण गर्नका लागि भ्रामक समाचार सम्प्रेषण गर्नेहरूको चलखेलप्रति म चिन्तित छु,” उनले भने ।

“विशेषगरी युरोपले युक्रेनमा जारी युद्धसँग जुधिरहेको बेला ‘जिम्मेवारीको पुनर्जागरण’ गर्न आग्रह गर्दछु ।

उनले भने, “शान्तिको आवाजलाई स्थान दिन र अन्य द्वन्द्वजस्तै यस (युक्रेन युद्ध) लाई अन्त्य गर्न सवै पक्ष प्रतिबद्ध हुनेछन् भन्नेमा म विश्वस्त छु ।”

विश्वका एक अर्ब ३० करोड क्याथोलिक धर्मावलम्बीको सन् २०१३ मा प्रमुख बनेदेखि नै ८६ वर्षीय फ्रान्सिसले सञ्चारकर्मीसँग व्यापक अन्तरक्रिया गर्दै आएका छन् ।

यसै वर्षको सुरुमा डिज्नी प्लस प्रसारण सेवामा ‘कन्भर्सेसन विथ द पोप’ नामक डकुमेन्ट्री सार्वजनिक गरिएको थियो ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?