३० फागु, एजेन्सी। चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ । महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ ।
३० फागुन, काठमाडाैँ । इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौता भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् । इरानी राष्ट्रपति इब्राहिम रायसी उहाँका बेलारुसी समकक्षी अलेक्ज्याण्डर लुकासेन्को यहाँ आयोजित एक कार्यक्रममा पारस्परिक सहयोगको मार्गचित्रमा हस्ताक्षर गरेको
३० फागुन, काठमाडाैँ । देशको शीर्ष राजनीतिक सल्लाहकार निकाय चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी)को १४औँ राष्ट्रिय समितिको पहिलो स्थायी समिति बैठक दश वटा विशेष समिति गठन गर्ने निर्णयका साथ समाप्त भएको छ । बैठकले सिपिपिसिसी राष्ट्रिय समितिअन्तर्गत अर्थ, कृषि, कानुन, जातीय, धार्मिक, सामाजिक तथा वैदेशिक मामिलालगायत धेरै क्षेत्र समेट्न ती समिति
३० फागुन, एजेन्सी। डाक्टरलाई बलात्कार गरेको आरोपमा नर्स पक्राउ परेका छन् । भारतको भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका हुन् । भारतीय प्रहरी अधिकारीका अनुसार पक्राउ पर्नेमा निशम बाबु रहेका छन् । उनले २८ वर्षीय डाक्टरलाई कोइम्बटूरको एक अस्पतालमा नयाँ जागिर दिने झूटो
३० फागुन, एजेन्सी। टर्किको केन्द्रीय बैङ्कले सोमबार सुनको आयातमा तीव्र वृद्धि र ऊर्जा आयात बिलहरू बढ्दै गएपछि जनवरीमा देशको चालु खाता घाटा झन्डै ९.८५ अर्ब अमेरिकी डलर पुगेको जनाएको छ । केन्द्रीय बैङ्कको तथ्याङ्कले सुन र ऊर्जा बाहेक चालु खातामा जनवरीमा दुई अर्ब छ करोड डलर खुद बचत रहेको पनि देखाएको
२९ फागुन, एजेन्सी। पाकिस्तानका कतिपय प्रान्तहरुमा पोलियोका विरामीहरु देखिएपछि यसका विरुद्धमा अभियान सञ्चालन गरिएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा धेरै बालबालिकामा यसको प्रकोप देखिएपछि यहाँको सरकारले सोमबारदेखि पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तका दुई करोडभन्दा बढी बालबालिकालाई यो खोप दिइने बताइएको छ । सोमबारबाट यो
२९ फागुन, एजेन्सी। लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले आइतबार जनाएको छ । लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान सबेरै उद्धारको प्रयास गरिएपछि १७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको तटरक्षक बलले जनाएको छ । “आप्रवासीहरूको स्थानान्तरणको
२९ फागुन, एजेन्सी। नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उनि ८८ वर्षको थिए । उनको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उनको निधन भएको पुष्टि सोमबार गरेको हो । पारिवारिक स्रोतका अनुसार उहाँको निधन मार्च ३ को बिहान बुढ्याैली सम्बन्धित समस्याका कारण भएको
२९ फागुन, एजेन्सी । इरानी विद्यालयका हजारौँ छात्रालाई रहस्यमय ढङ्गले विषको माध्यमबाट आक्रमण गरेको अभियोगमा एक सयभन्दा बढीलाई पक्राउ गरिएको छ । गत नोभेम्बरको अन्त्यदेखि सतहमा आएको विष प्रकरण इरानमा गम्भीर बन्दै गएको छ । विद्यालय परिसरमा विषाक्त गन्ध फैलाएर छात्रालाई आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । धेरै छात्रा
२८ फागुन, एजेन्सी । राष्ट्रव्यापी विरोधका बाबजुद फ्रान्सेली सिनेटले पेन्सन सुधार विधेयक पारित गरेको छ । देशको माथिल्लो सदनले शनिबार राति उक्त विधेयक पारित गरेको हो । जनतामाझ अलोकप्रिय उक्त विधेयकको पक्षमा एक सय ९५ मत परेको थियो । विधेयकको विपक्षमा एक सय १२ जनाले मतदान गरेका थिए । अब उक्त