Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

उत्तरपश्चिम पाकिस्तानमा सडक दुर्घटनामा ८ जनाको मृत्यु, १२ घाइते


२६ जेष्ठ ,इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

साथै सो दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। प्रदेशको माथिल्लो दिरबाट चित्राल जिल्ला जाँदै गर्दा यात्रुवाहक गाडी खाडलमा खसेको उद्धार टोलीले जनाएको छ ।

स्थानीयवासी र उद्धार टोलीले घटनास्थलमा पुगेर घाइते र शबलाई अस्पताल पुर्याएका थिए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने चिकित्सकहरूले आशङ्का गरेका छन् ।

सो गाडीमा चालकसहित २० जना सवार रहेको उद्धार टोलीले जनाएको छ ।


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?