Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

मालीमा भएको आक्रमणमा शान्ति सैनिकको मृत्यु, चार गम्भीर घाइते


२७ जेठ, एजेन्सी । उत्तरी मालीमा शुक्रबार भएको आक्रमणमा परी एक शान्ति सैनिकको मृत्यु हुनुका साथै अन्य चार जना गम्भीर घाइते भएका मालीस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (मिनुस्मा) ले जनाएको छ ।

मिनुस्माले ट्वीटरमा भनेको छ, “बेर शहर नजिकै गस्ती टोलीलाई लक्षित गरी एउटा ‘जटिल आक्रमण’ गरिएको थियो ।

पीडितको राष्ट्रियता भने खुलाइएको छैन ।

मालीमा सन् २०१२ मा उत्तरमा पृथकतावादी र जिहादी विद्रोह सुरु भएपछि र पछि छिमेकी नाइजर र बुर्किना फासोसम्म फैलिएपछि माली राजनीतिक र सुरक्षा सङ्कटसँग जुधिरहेको छ ।

अलकायदा र इस्लामिक स्टेट समूहसँग सम्बद्ध विद्रोहीहरूले धेरै आक्रमणहरूको जिम्मेवारी लिएका छन्, तर स्वघोषित रक्षा समूहहरू र डाकुहरूले पनि यस क्षेत्रमा हिंसामा योगदान पु¥्याउँछन्।

मालीमा करिब १२ हजार शान्ति सेना तैनाथ रहेको अन्तर्राष्ट्रिय शक्ति र राज्य सत्ताको प्रतीकका रूपमा जिहादीहरूको साझा लक्ष्य हो ।

सन् २०१३ मा यसको स्थापना भएयता यसका १८६ सदस्यको प्रतिकूल परिस्थितिमा मृत्यु भइसकेको छ ।

विद्रोहीहरूलाई परास्त गर्न सरकार असफल भएकोमा आक्रोशले सन् २०२० मा देशको सत्तारुढ सैन्य जुन्टालाई सत्तामा पुर्याएको थियो ।

तर विशाल देशको ठूलो हिस्सा राज्यको नियन्त्रणभन्दा बाहिर छ र राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षा बलहरूमाथि आक्रमण जारी छ ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?