Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

मालीमा भएको आक्रमणमा शान्ति सैनिकको मृत्यु, चार गम्भीर घाइते


२७ जेठ, एजेन्सी । उत्तरी मालीमा शुक्रबार भएको आक्रमणमा परी एक शान्ति सैनिकको मृत्यु हुनुका साथै अन्य चार जना गम्भीर घाइते भएका मालीस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (मिनुस्मा) ले जनाएको छ ।

मिनुस्माले ट्वीटरमा भनेको छ, “बेर शहर नजिकै गस्ती टोलीलाई लक्षित गरी एउटा ‘जटिल आक्रमण’ गरिएको थियो ।

पीडितको राष्ट्रियता भने खुलाइएको छैन ।

मालीमा सन् २०१२ मा उत्तरमा पृथकतावादी र जिहादी विद्रोह सुरु भएपछि र पछि छिमेकी नाइजर र बुर्किना फासोसम्म फैलिएपछि माली राजनीतिक र सुरक्षा सङ्कटसँग जुधिरहेको छ ।

अलकायदा र इस्लामिक स्टेट समूहसँग सम्बद्ध विद्रोहीहरूले धेरै आक्रमणहरूको जिम्मेवारी लिएका छन्, तर स्वघोषित रक्षा समूहहरू र डाकुहरूले पनि यस क्षेत्रमा हिंसामा योगदान पु¥्याउँछन्।

मालीमा करिब १२ हजार शान्ति सेना तैनाथ रहेको अन्तर्राष्ट्रिय शक्ति र राज्य सत्ताको प्रतीकका रूपमा जिहादीहरूको साझा लक्ष्य हो ।

सन् २०१३ मा यसको स्थापना भएयता यसका १८६ सदस्यको प्रतिकूल परिस्थितिमा मृत्यु भइसकेको छ ।

विद्रोहीहरूलाई परास्त गर्न सरकार असफल भएकोमा आक्रोशले सन् २०२० मा देशको सत्तारुढ सैन्य जुन्टालाई सत्तामा पुर्याएको थियो ।

तर विशाल देशको ठूलो हिस्सा राज्यको नियन्त्रणभन्दा बाहिर छ र राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षा बलहरूमाथि आक्रमण जारी छ ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?