Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

जापानी संसदद्वारा आप्रवासन र शरणार्थी कानूनलाई परिमार्जन गर्ने विवादास्पद विधेयक पारित


२७ जेठ, एजेन्सी । जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा शरणार्थी सम्बन्धी कानुनमा संशोधन गर्ने विवादास्पद विधेयक शुक्रबार पारित गरेको छ ।

यो विधेयक धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्यकारी बन्नेछ ।

केही विपक्षी दलले यस कदमलाई अस्वीकार गरे तापनि जापानी प्रधानमन्त्री फुमियो किशिदाको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र यसको कोमेइतो गठबन्धन सहयोगी र अन्य साना पार्टीहरूको समर्थनमा यो कानून लागू ल्याइएको होे ।

आप्रवासन र शरणार्थी कानूनको विवादास्पद संशोधनको यहाँ शरण खोज्नेहरूलाई समर्थन गर्न स्थापित संगठनहरूले कडा आलोचना गरेका छन् । उनीहरूले संशोधित कानून लागू गरिएको र यसले गर्दा मानिसहरूलाई सतावटको सामना गर्नुपरेका देशहरूमा फिर्ता पठाउन सकिने बताएका छन् ।

जापानको प्रमुख विपक्षी ‘कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टी अफ जापान’ले निष्पक्षता सुनिश्चित गर्न अध्यागमन अधिकारीले मात्र नभई तेस्रो पक्षबाट पनि प्रणालीको निरीक्षण गर्न माग गरेको छ र न्यायमन्त्री केन साइतोविरुद्ध निन्दा प्रस्ताव पेश गरेर एघारौं घण्टामा विधेयक पारित हुनबाट रोक्ने प्रयास गरेको थियो ।

जापानको संसदको माथिल्लो सदनमा उक्त प्रस्तावमाथि बुधबार मतदान भएको थियो । जापानमा सन् २०२२ मा तीन हजार ७७२ आवेदकहरूमध्ये २०२ जनालाई शरणार्थीको दर्जा दिइएको थियो ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?