Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

विश्व


दक्षिण कोरियामा बढ्यो बेरोजगार दर

२७  चैत्र, एजेन्सी । विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ । दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार मार्चमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ४४ हजार थियो, जुन गत वर्षको सोही महिनाको तुलनामा ८.५

विमानभित्रै यात्रुले झगडा गरेपछि विमानस्थलमा आकस्मिक अवतरण

२७ चैत्र, एजेन्सी । एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पुर्याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ । एयर इन्डियाका एक अधिकारीले एएनआईसँग भन्नुभयो,“कूल २५६ यात्रु लिएर दिल्लीबाट लण्डनका लागि उडेको एआई–१ विमानमा यात्रुको अमर्यादित व्यवहारका कारण दिल्ली विमानस्थलमा आकस्मिक तर सकुशल

बालकलाई चुम्बन गरेको भिडियो भाइरल भएपछि दलाई लामाले मागे माफी

२७ चैत्र, एजेन्सी । बाैद्ध धर्मगुरू दलाई लामाले माफी मागेका छन् । एक बालकलाई चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएर आलोचना भएपछि दलाई लामाले माफी मागेका हुन् । उक्त घटनाप्रति खेद व्यक्त गर्दै दलाई लामाद्वारा जारी वक्तव्यमा उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भन्दै क्षमाप्रार्थी

फिलिपिन्समा एक हप्तामै पानीमा डुबेर मृत्यु ७२ जनाको

२७ चैत्र, एजेन्सी । फिलिपिन्समा यस महिनाको सुरुदेखि अहिलेसम्म डुबेर कम्तीमा ७२ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ । क्याथोलिक बहुल राष्ट्रमा राजधानी मनिलालगायतका शहरबाट लाखौं मानिसले परम्परागत रूपमा यो बिदा मनाउन र परिवारसँग समय बिताउन समुद्रको किनार क्षेत्र र त्यहाँ रहेका होटलमा प्रकृतिको मनोरम वातावरणको आनन्द लिन पुग्ने गर्छन्

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

२७ चैत्र, एजेन्सी । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान सुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप्य खुफिया रिपोर्टहरू समेत रहेका छन् । त्यसै गरी ती कागजातहरूमा युक्रेन- रुस युद्ध लगायत अत्यन्त संवेदनशील विश्लेषणहरू पनि रहेको बताइएको छ । मन्त्रालयका प्रवक्ताले एएफपीलाई बताएका छन्,

भारतमा कति छ बाघको संख्या ?

२७ चैत्र, एजेन्सी । भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले जनाएको छ। बाघको सङ्ख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजातिको संरक्षणको प्रयासमा सरकार सफल भएको बताएको छ। बिरालो प्रजातिहरूमध्ये सबैभन्दा ठूलो बाघका लागि कुनै समय मध्य, पूर्वी र दक्षिणी एसिया महत्वपूर्ण क्षेत्र मानिन्थ्यो। आइयुसीएनका अनुसार विगत

अज्ञात समूहको आक्रमणमा २० जनाको मृत्यु

२७ चैत्र, एजेन्सी । पूर्वी कंगोमा एक विद्रोही समूहले गरेको आक्रमणमा परी आइतबार करिब २० जनाको मृत्यु भएको छ। एलाइड डेमोक्रेटिक फोर्सेस (एसडिएबफ) ले एनेबुला गाउँनजिकै शुक्रबार अपराह्न ४ बजे किसानहरूमाथि आक्रमण गरेको स्थानीय नागरिक समाजका नेता प्याट्रिक मुकोहेलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । मुकोहेले उत्तरी किवु प्रान्तको ओइचा सहरबाट

पीटीआई अध्यक्ष इमरान खानले श्वेतपत्र जारी गर्ने

२७ चैत्र, एजेन्सी । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सरकारको विगत तीन वर्षको कामको समिक्षा गर्दै श्वेतपत्र प्रस्तुत गर्ने भएका छन् । स्रोतका अनुसार खानले भिडियो लिङ्कमार्फत् देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्नेछन् । पत्रमा उनले आफ्नो सरकारको कार्यसम्पादन र पीडीएम सरकारको काम तुलना

जापानी विद्यालयमा शिशु भर्नादरमा कमी

२६ चैत्र, एजेन्सी । जापानका कम्तीमा ४० प्रतिशत शिशु विद्यालयमा भर्नादर घटेको पाइएको छ । हालैको योमिउरी शिम्बुन सर्वेक्षणले यस वर्षको अप्रिलको भर्नाको सङ्ख्या प्रायःसबै विद्यालयहरूमा कमी देखाएको छ । यसका पछाडि घट्दो जन्मदर नै प्रमुख कारण देखाइएको छ जसले गर्दा बाल हेरचाहको माग घटेको छ । सर्वेक्षण फेब्रअरी र मार्चमा

भारतमा २४ घण्टामै थपिए ५ हजार भन्दा बढी कोरोना संक्रमित

२६ चैत्र, एजेन्सी । गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ । यद्यपि पछिल्ला केही दिनमा कोभिड सङ्क्रमण बढेको पाइएको छ । अप्रिल १ मा दैनिक २,९९४, अप्रिल २ मा ३,८२४, अप्रिल

सम्वन्धित समाचारहरु