Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

युरोपमा सुरु भयो नेपाली पाठशाला


३ वैशाख ,लिस्बन । युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिएको छ । नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको संयुक्त संयोजनमा शनिबारदेखि नेपाली पाठशाला सञ्चालन गरिएको हो ।

नयाँ वर्ष २०८० को अवसर पारेर भर्चुअल माध्यम जुममार्फत पाठशालाको एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो । उक्त अनलाइन पाठशालामा डेनमार्क, पोर्चुगल, बेलायत, नर्वे र बेल्जियमलगायतका मुलकका गरी ३१ जना नेपाली बालबालिकाको सहभागिता रहेको छ ।

नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका युरोप सहसंयोजक तिलक गैरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलकी अध्यक्ष सवी श्रेष्ठ, समाजकी सचिव गोमा रेग्मी, नारी समाजकी महासचिव पुनम गौतमलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

भर्चुअल माध्यम जुममार्फत नेपालबाट सञ्चालन गरिएको पाठशाला साताको हरेक शनिबार दुई घण्टा सञ्चालन हुनेछ । पाठशालामा नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली कला संस्कृतिसम्बन्धी अध्यापन गराइने बताइएको छ ।

समय अनुकूल मिलाएर विश्वका जुनसुकै मुलुकमा रहेका नेपाली बालबालिकालाई पाठशालामा सहभागी गराउन सकिने आयोजक संस्थाले जनाएको छ ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?