Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

युरोपमा सुरु भयो नेपाली पाठशाला


३ वैशाख ,लिस्बन । युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिएको छ । नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको संयुक्त संयोजनमा शनिबारदेखि नेपाली पाठशाला सञ्चालन गरिएको हो ।

नयाँ वर्ष २०८० को अवसर पारेर भर्चुअल माध्यम जुममार्फत पाठशालाको एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो । उक्त अनलाइन पाठशालामा डेनमार्क, पोर्चुगल, बेलायत, नर्वे र बेल्जियमलगायतका मुलकका गरी ३१ जना नेपाली बालबालिकाको सहभागिता रहेको छ ।

नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका युरोप सहसंयोजक तिलक गैरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलकी अध्यक्ष सवी श्रेष्ठ, समाजकी सचिव गोमा रेग्मी, नारी समाजकी महासचिव पुनम गौतमलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

भर्चुअल माध्यम जुममार्फत नेपालबाट सञ्चालन गरिएको पाठशाला साताको हरेक शनिबार दुई घण्टा सञ्चालन हुनेछ । पाठशालामा नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली कला संस्कृतिसम्बन्धी अध्यापन गराइने बताइएको छ ।

समय अनुकूल मिलाएर विश्वका जुनसुकै मुलुकमा रहेका नेपाली बालबालिकालाई पाठशालामा सहभागी गराउन सकिने आयोजक संस्थाले जनाएको छ ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?