Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

१० दिनदेखि हराएको हेलिकप्टरका यात्रीको शव भेटियो


३ वैशाख, एजेन्सी । दशदिनअघि ओकिनावाको दक्षिणी प्रान्तबाट हराइरहेको हेलिकप्टरको भग्नावशेषका साथै त्यसमा सवार पाँच जनाको शव आज फेला परेको छ । गत चैत २३ गते जापानी ग्राउण्ड सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर ओकिनावाको मियाकोजिमा टापुबाट उडेको केही क्षणपछि सम्पर्कबिहीन भएको थियो ।

गोताखोरहरूले समुद्रमा गरेको लगातार खोजीपछि आज हेलिकप्टरको भग्नावशेषसहित पाँच जनाको शव भेटिएको डिफेन्स फोर्सका अधिकारीलाई उद्धृत गर्दै समाचार समिति क्योदोले जनाएको छ । सैनकि कमाण्डर लेफ्टिनेन्ट जनरल युइची साकामोटोसहित पाँच जनाको शव भेटिए पनि बाँकी चार जना डिफेन्स फोर्सका कर्मचारी हुन् वा होइनन् भन्ने पुष्टि भइसकेको छैन ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?