Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

१० दिनदेखि हराएको हेलिकप्टरका यात्रीको शव भेटियो


३ वैशाख, एजेन्सी । दशदिनअघि ओकिनावाको दक्षिणी प्रान्तबाट हराइरहेको हेलिकप्टरको भग्नावशेषका साथै त्यसमा सवार पाँच जनाको शव आज फेला परेको छ । गत चैत २३ गते जापानी ग्राउण्ड सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर ओकिनावाको मियाकोजिमा टापुबाट उडेको केही क्षणपछि सम्पर्कबिहीन भएको थियो ।

गोताखोरहरूले समुद्रमा गरेको लगातार खोजीपछि आज हेलिकप्टरको भग्नावशेषसहित पाँच जनाको शव भेटिएको डिफेन्स फोर्सका अधिकारीलाई उद्धृत गर्दै समाचार समिति क्योदोले जनाएको छ । सैनकि कमाण्डर लेफ्टिनेन्ट जनरल युइची साकामोटोसहित पाँच जनाको शव भेटिए पनि बाँकी चार जना डिफेन्स फोर्सका कर्मचारी हुन् वा होइनन् भन्ने पुष्टि भइसकेको छैन ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?