Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

पत्रकारसँग कुरा गरिरहेका पूर्वसांसदको गोली हानी हत्या


३ वैशाख, एजेन्सी । अपहरणको अभियोगमा दोषी ठहरिएका एक पूर्व भारतीय राजनीतिज्ञलाई गोली हानेर मारिएको छ । पत्रकारसँग कुरा गरिरहेका पूर्वसांसद अतिक अहमेद र उनका भाइलाई  गोली हानि हत्या गरिएको हो ।

हत्या र आक्रमणको आरोपमा प्रहरीको निगरानीमा रहेका अतिक अहमद पत्रकारहरूसँग कुरा गर्दै गर्दा उनको टाउको नजिक बन्दुक ताकिएको थियो ।

उनलाई गोली हान्ने व्यक्तिहरूले पत्रकारको नाम दिएर उनीसम्म पुगेको पाइएको छ । उनिमाथि गोली चलाएसँगै तीन जनाले तुरुन्तै आत्मसमर्पण गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अहमदका छोरालाई केही दिनअघि प्रहरीले गोली हानेर मारेको थियो । अहमदले पहिले पुलिसबाट आफ्नो ज्यानलाई खतरा भएको दाबी गरेका थिए ।

भिडियोमा अहमद र उनका भाइ अशरफ दुबैलाई गोली हानेको केही सेकेन्ड अघि नजिकैको अस्पतालमा मेडिकल चेकअपको लागि बाटोमा पत्रकारहरूसँग कुरा गरिरहेको देखाइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पत्रकारको रूपमा प्रस्तुत भएका तीन जनाले गोली हानाहान लगत्तै आत्मसमर्पण गरेका थिए । घटनास्थलमा एक प्रहरी र एक पत्रकार पनि घाइते भएको प्रहरीले जनाएको छ ।

पूर्व सांसद अहमद र उनका भाइ प्रहरी हिरासतमा थिए र उनलाई उत्तर प्रदेशको प्रयागराजमा ल्याइएको थियो । अहमदमाथि हत्या र आक्रमणको आरोप लागेको थियो ।

सन् २०१९ मा उनी अपहरणको आरोपमा दोषी ठहरिएपछि जेल परेका थिए ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?