Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

पत्रकारसँग कुरा गरिरहेका पूर्वसांसदको गोली हानी हत्या


३ वैशाख, एजेन्सी । अपहरणको अभियोगमा दोषी ठहरिएका एक पूर्व भारतीय राजनीतिज्ञलाई गोली हानेर मारिएको छ । पत्रकारसँग कुरा गरिरहेका पूर्वसांसद अतिक अहमेद र उनका भाइलाई  गोली हानि हत्या गरिएको हो ।

हत्या र आक्रमणको आरोपमा प्रहरीको निगरानीमा रहेका अतिक अहमद पत्रकारहरूसँग कुरा गर्दै गर्दा उनको टाउको नजिक बन्दुक ताकिएको थियो ।

उनलाई गोली हान्ने व्यक्तिहरूले पत्रकारको नाम दिएर उनीसम्म पुगेको पाइएको छ । उनिमाथि गोली चलाएसँगै तीन जनाले तुरुन्तै आत्मसमर्पण गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अहमदका छोरालाई केही दिनअघि प्रहरीले गोली हानेर मारेको थियो । अहमदले पहिले पुलिसबाट आफ्नो ज्यानलाई खतरा भएको दाबी गरेका थिए ।

भिडियोमा अहमद र उनका भाइ अशरफ दुबैलाई गोली हानेको केही सेकेन्ड अघि नजिकैको अस्पतालमा मेडिकल चेकअपको लागि बाटोमा पत्रकारहरूसँग कुरा गरिरहेको देखाइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पत्रकारको रूपमा प्रस्तुत भएका तीन जनाले गोली हानाहान लगत्तै आत्मसमर्पण गरेका थिए । घटनास्थलमा एक प्रहरी र एक पत्रकार पनि घाइते भएको प्रहरीले जनाएको छ ।

पूर्व सांसद अहमद र उनका भाइ प्रहरी हिरासतमा थिए र उनलाई उत्तर प्रदेशको प्रयागराजमा ल्याइएको थियो । अहमदमाथि हत्या र आक्रमणको आरोप लागेको थियो ।

सन् २०१९ मा उनी अपहरणको आरोपमा दोषी ठहरिएपछि जेल परेका थिए ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?