एजेन्सी। भारतको पश्चिमी राज्य गुजरातमा बुधवार पुल भत्किँदा सवारी साधन नदीमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ६ जनाभन्दा बढी घाइते भएका छन् । चार दशक पुरानो गम्भीरा पुलको एक भाग भत्किँदा राज्यको आनन्द र बडोदरा शहरहरू बीचको सम्पर्क विच्छेद भएको छ । परिणामस्वरूप यस क्षेत्रमा सवारी साधनको
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा थप हतियार पठाउने स्वीकृति दिएको र रुसमाथि नयाँ प्रतिवन्ध लगाउने बारेमा विचार गरिरहेको बताएका छन् । युक्रेनमा केही रक्षात्मक हतियार पठाउने क्रममा रहेको उनको भनाइ छ । ट्रम्पले ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद् बैठकमा यस्तो बताएका हुन् । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि असन्तुष्टि
एजेन्सी। राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणका प्रवक्ता मोहम्मद हलिम रफीले स्थानीय सञ्चार माध्यम टोलोन्युजकाअनुसार अफगानिस्तानको जनसंख्या ३ करोड ६४ लाख पुग्ने अनुमान गरेका छन् । अधिकारीको भिडियो सन्देशअनुसार देशको जनसंख्याको ५१ प्रतिशत पुरुष छन् र बाँकी ४९ प्रतिशत महिला छन् । आधिकारिक तथ्याङ्कअनुसार काबुलको जनसंख्या ६१ लाख छ । जसमा
एजेन्सी। इथियोपिया सरकारले भिजिट इथियोपिया नामक डिजिटल प्लेटफर्म शुरु गरेको छ । जसको उद्देश्य पर्यटकहरूको लागि यात्रा बुकिङलाई सरल बनाउनु र सम्बन्धित सेवाहरूलाई एउटै अनलाइन बजारमा ल्याउनु हो । इथियोपियाको पर्यटन मन्त्रालय र सूचना सञ्जाल सुरक्षा प्रशासनद्वारा संयुक्त रूपमा विकसित यो प्लेटफर्म डिजिटल प्रविधिमार्फत देशको विविध पर्यटन स्रोतहरूलाई राम्रोसँग प्रवद्र्धन
एजेन्सी। सियोलको एक अदालतले बिहीवार दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई गत डिसेम्बरको मार्शल ल डिक्रीको सम्बन्धमा पक्राउ गर्न वारेन्ट जारी गरेको छ । विशेष वकिल चो युन–सुकको अनुरोधमा सुनुवाइपछि सियोल केन्द्रिय जिल्ला अदालतले वारेन्ट जारी गरेको हो । युनमाथि पाँच आरोपहरू छन् । जसमा डिसेम्बर ३ मा मार्शल ल घोषणा
एजेन्सी। मंगलवार एकै दिनमा २ हजार ६ सय भन्दा बढी अफगान शरणार्थी परिवारहरू घर फर्किएका छन् । जसमध्ये अधिकांश इरानबाट रहेका छन् । सरकारी स्वामित्वको मिडिया आउटलेटकाअनुसार मंगलवार कुल २ हजार ६ सय ४ अफगान शरणार्थी परिवारहरू अफगानिस्तान फर्किएका छन् । जसमध्ये ९८ परिवार छिमेकी पाकिस्तानबाट आएका थिए भने २
एजेन्सी। बुधवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ३३ प्यालेस्टिनीहरूको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । इजरायली सेनाले गाजा पट्टीभर १ सय भन्दा बढी क्षेत्रहरुमा प्रहार गरेको बताएको छ । गाजास्थित नागरिक रक्षा प्राधिकरणका प्रवक्ता महमुद बसालले बताएअनुसार इजरायली युद्धविमान र ड्रोनहरूले बिहान सबेरैदेखि गाजापट्टीका विभिन्न क्षेत्रहरूमा दर्जनौं आक्रमण गरेका छन्
एजेन्सी। पश्चिमी युरोपले अहिलेसम्मकै सबैभन्दा तातो जुन महिना रेकर्ड गरेको छ । औसत तापक्रम २०.४९ डिग्री सेल्सियस पुगेको छ । पहिलो गर्मीको लहरले जुन १७–२२ मा पश्चिमी र दक्षिणी युरोपलाई जलाएको छ । जसले स्पेन, पोर्चुगल, फ्रान्स, इटाली, जर्मनी, अस्ट्रिया, स्विट्जरल्याण्ड र संयुक्त अधिराज्यलाई घेरेको छ ।महिनाको अन्त्यमा दोस्रो, बढी
एजेन्सी। जंगलको आगो नियन्त्रण बाहिर जाँदा उत्तरपूर्वी स्पेनका नौ नगरपालिकाहरूमा लगभग १८ हजार मानिसहरू आफ्नो घरहरूमा सिमित छन् । क्याटालोनियाको तारागोना नजिकै ३ हजार हेक्टरभन्दा बढी जंगल जलेर नष्ट भएको आगोसँग सयौं अग्निनियन्त्रकहरू र स्पेनको आपतकालीन सैन्य इकाईका सदस्यहरू लडिरहेका छन् । आगलागीको कारण अझै स्पष्ट भएको छैन । पहाडी
एजेन्सी। संयुक्त राष्ट्रसंघका एक अग्रणी अर्थशास्त्रीले जुलाई ९ देखि अगस्ट १ सम्म पारस्परिक भन्सार विराम बढाउने अमेरिकी निर्णयले अनिश्चितताको अवधिलाई लम्ब्याएको बताएका छन् । दीर्घकालीन लगानी र व्यापार सम्झौताहरूलाई कमजोर बनाएको र थप अनिश्चितता र अस्थिरता सिर्जना गरेको बताएका हुन् । अन्तर्राष्ट्रिय व्यापार केन्द्रका कार्यकारी निर्देशक पामेला कोक–ह्यामिल्टनले मंगलवार एक