Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गाजामा इजरायली सेनाद्वारा ३३ प्यालेस्टिनीहरूको हत्या


एजेन्सी। बुधवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ३३ प्यालेस्टिनीहरूको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।

इजरायली सेनाले गाजा पट्टीभर १ सय भन्दा बढी क्षेत्रहरुमा प्रहार गरेको बताएको छ । गाजास्थित नागरिक रक्षा प्राधिकरणका प्रवक्ता महमुद बसालले बताएअनुसार इजरायली युद्धविमान र ड्रोनहरूले बिहान सबेरैदेखि गाजापट्टीका विभिन्न क्षेत्रहरूमा दर्जनौं आक्रमण गरेका छन् । जसमा विस्थापित व्यक्तिहरू बस्ने आवासीय घरहरू र पालहरू लक्षित गरिएका छन् । बसालले इजरायली विमानले गाजा शहरको पश्चिममा रहेको अल–शाती शरणार्थी शिविरमा रहेको जौदा परिवारको घरलाई लक्षित गर्दा दुई बालबालिकासहित १० जनाको मृत्यु भएको बताए ।

करिव ३० जना घाइते भएका छन् र शहरमा पनि ताल अल–हवा छिमेकमा प्यालेस्टिनीहरूको भेलामा इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । उनले दक्षिणी गाजा पट्टीको खान युनिसको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा रहेको शाबान परिवारका विस्थापित व्यक्तिहरूलाई बसोवास गर्ने पालमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताए । बसलकाअनुसार मध्य गाजामा छुट्टाछुट्टै इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको बताए ।

खान युनिसको नासेर मेडिकल कम्प्लेक्सले आठ जनाको शव र धेरै घाइते भएको जनाएको छ । दक्षिणी गाजा पट्टीको रफाहको उत्तरमा रहेको अमेरिकी समर्थित सहायता वितरण केन्द्रको अगाडि खानाको लागि पर्खिरहेका बेला इजरायली सेनाको गोली प्रहारबाट उनीहरूमाथि आक्रमण भएको बताएको छ । इजरायलले मार्च १८ मा आफ्नो सैन्य अभियान पुनः शुरु गरेदेखि ७ हजार १ सय १८ प्यालेस्टिनीहरू मारिएका छन् । २५ हजार ३ सय ६८ घाइते भएका छन् । अक्टोबर २०२३ मा द्वन्द्व सुरु भएदेखि गाजामा कुल मृत्यु हुनेको संख्या ५७ हजार ६ सय ८० पुगेको छ । कुल १ लाख ३७ हजार ४ सय ९ जना घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?