Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

गाजामा इजरायली सेनाद्वारा ३३ प्यालेस्टिनीहरूको हत्या


एजेन्सी। बुधवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ३३ प्यालेस्टिनीहरूको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।

इजरायली सेनाले गाजा पट्टीभर १ सय भन्दा बढी क्षेत्रहरुमा प्रहार गरेको बताएको छ । गाजास्थित नागरिक रक्षा प्राधिकरणका प्रवक्ता महमुद बसालले बताएअनुसार इजरायली युद्धविमान र ड्रोनहरूले बिहान सबेरैदेखि गाजापट्टीका विभिन्न क्षेत्रहरूमा दर्जनौं आक्रमण गरेका छन् । जसमा विस्थापित व्यक्तिहरू बस्ने आवासीय घरहरू र पालहरू लक्षित गरिएका छन् । बसालले इजरायली विमानले गाजा शहरको पश्चिममा रहेको अल–शाती शरणार्थी शिविरमा रहेको जौदा परिवारको घरलाई लक्षित गर्दा दुई बालबालिकासहित १० जनाको मृत्यु भएको बताए ।

करिव ३० जना घाइते भएका छन् र शहरमा पनि ताल अल–हवा छिमेकमा प्यालेस्टिनीहरूको भेलामा इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । उनले दक्षिणी गाजा पट्टीको खान युनिसको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा रहेको शाबान परिवारका विस्थापित व्यक्तिहरूलाई बसोवास गर्ने पालमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताए । बसलकाअनुसार मध्य गाजामा छुट्टाछुट्टै इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको बताए ।

खान युनिसको नासेर मेडिकल कम्प्लेक्सले आठ जनाको शव र धेरै घाइते भएको जनाएको छ । दक्षिणी गाजा पट्टीको रफाहको उत्तरमा रहेको अमेरिकी समर्थित सहायता वितरण केन्द्रको अगाडि खानाको लागि पर्खिरहेका बेला इजरायली सेनाको गोली प्रहारबाट उनीहरूमाथि आक्रमण भएको बताएको छ । इजरायलले मार्च १८ मा आफ्नो सैन्य अभियान पुनः शुरु गरेदेखि ७ हजार १ सय १८ प्यालेस्टिनीहरू मारिएका छन् । २५ हजार ३ सय ६८ घाइते भएका छन् । अक्टोबर २०२३ मा द्वन्द्व सुरु भएदेखि गाजामा कुल मृत्यु हुनेको संख्या ५७ हजार ६ सय ८० पुगेको छ । कुल १ लाख ३७ हजार ४ सय ९ जना घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?