Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न वारेन्ट जारी


एजेन्सी। सियोलको एक अदालतले बिहीवार दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई गत डिसेम्बरको मार्शल ल डिक्रीको सम्बन्धमा पक्राउ गर्न वारेन्ट जारी गरेको छ ।

विशेष वकिल चो युन–सुकको अनुरोधमा सुनुवाइपछि सियोल केन्द्रिय जिल्ला अदालतले वारेन्ट जारी गरेको हो । युनमाथि पाँच आरोपहरू छन् । जसमा डिसेम्बर ३ मा मार्शल ल घोषणा हुनुभन्दा अगाडिको प्रमुख बैठकबाट धेरैजसो सदस्यहरूलाई बहिष्कार गरेर मन्त्रिपरिषद् सदस्यहरूको अधिकार हनन गर्ने समावेश छ । उनीमाथि घोषणा पछि मार्शल ल कागजात बनाउने र त्यसमा तत्कालीन प्रधानमन्त्री हान डक–सू र तत्कालीन रक्षामन्त्री किम योङ–ह्युनले हस्ताक्षर गरेको आरोप पनि छ । थप आरोपहरूमा विदेशी मिडियालाई झुटा बयानहरू प्रसार गर्न आदेश दिने, जनवरीमा उनको गिरफ्तारी रोक्न सहयोगीहरूलाई निर्देशन दिने र सुरक्षित फोनहरूबाट कल रेकर्डहरू मेटाउने आदेश दिने समावेश छ ।

युनले सुनुवाइको क्रममा सबै आरोपहरू अस्वीकार गरेका छन् । पछि उनलाई राजधानीको दक्षिणमा रहेको उइवाङमा रहेको सियोल डिटेन्सन सेन्टरमा लगिएको छ । पूर्व राष्ट्रपतिलाई पहिलो पटक जनवरीमा पक्राउ गरिएको थियो ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?