Trending
>>   युद्धविरामपछि गाजामा ३ इजरायली बन्धकहरूको परिवारहरूसँग पुनर्मिलन >>   बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही स्लो डाउन छः गभर्नर अधिकारी >>   कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरु समेटिनुपर्छः महामन्त्री थापा >>   नेपाल खो खो विश्वकपको उपविजेता >>   बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छः अर्थमन्त्री >>   गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने >>   विपिन सकुशल घर फर्किने आशामा परिवार >>   स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न महासङ्घको आग्रह >>   अमेरिकामा टिकटक पुनः सञ्चालनमा >>   मौसम : तराई तथा उपत्यकामा हुस्सु / कुहिरोको सम्भावना
Logo
७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

विश्व


ईयू–चीनबीच व्यापारिक तनावपछि कुनै पनि देशसँग डराउन नहुने फ्रान्सको भनाइ

३० भदाै, एजेन्सी । चीनसँगको व्यापार तनावपछि युरोपेली सङ्घ (ईयू) ले शक्तिशाली महाद्वीपको प्रतिनिधित्व गर्ने र कुनै पनि देशसँग डराउन नहुने फ्रान्सका अर्थमन्त्रीले शुक्रबार बताउनुभएको छ । ब्रुनोे ले मायरले ब्लुमबर्ग टिभीसँग भने, “हामीले कुनै पनि देशसँग डराउनु पर्दैन । हामी युरोपेली सङ्घ हौं । हामी एकल बजार हौं । हामी

प्रिगोजिन चढेको विमान दुर्घटनाको अनुसन्धान आफ्नै गतिमा चलेको क्रेमलिनको दावी

३० भदाै, एजेन्सी । वाग्नर प्रमुख येभेगिनी प्रोगोजिन चढेको विमान दुर्घटनाको अनुसन्धान सुस्त गतिमा भएको भनी आएका आरोपहरूको खण्डन गर्दै अनुसन्धान निरन्तर गतिमा चलिरहेको रूसी प्रशासनिक केन्द्र, क्रेमलिनले शुक्रबार जनाएको छ । रूसी निजी लडाकू समूह वाग्नर प्रमुख प्रोगोजिनको विमान दुर्घटनामा निधन भएकोबारे छानविन सुरू भएको भनिएको तीन हप्तासम्म पनि कुनै

लिबिया बाढी : एकै नगरमा एघार हजार तीन सय जनाको मृत्यु

२९ ,भाद्र ,त्रिपोली । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको छ । पूर्वी शहर डेर्नामा यति धेरैले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले बताएका छन् । डेर्नामा मात्र अझै दश हजार एक सय जना हराइरहेका छन् भने देशका अन्य

चिनियाँ रक्षामन्त्री बर्खास्त भएको आशङ्का

२९ भदाै, एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशङ्का गरिएको छ । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएकाले उनीमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने वालस्ट्रिट जर्नलले जनाएको छ । रक्षामन्त्री लीको अनुपस्थितिलाई लिएर एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले प्रश्न उठाएका छन् । जापानका लागि अमेरिकी राजदूत

एक प्रभावशाली नेताको श्रीमतीसहित हत्या

२९ भदाै, एजेन्सी । ग्वाटेमालाका एक जना प्रभावशाली नेताको दिनदहाडै श्रीमतीसहित हत्या भएको छ । राष्ट्रपति निर्वाचित पार्टीका राजनीतिज्ञ अनिबल रामिरेजलाई बिहीबार मेक्सिकोको सीमा नजिकै गोली हानेर हत्या गरिएको उनको पार्टी र स्थानीय सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रपति निर्वाचित बर्नार्डो अरेभालोको सेमिल्ला (सीड) पार्टीका लागि पश्चिमी शहर सान पेड्रो नेक्टाका

लिफ्ट चुडिँदा चारको मृत्यु, पाँच जना गम्भीर घाइते

२९ भदाै, एजेन्सी । ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको चुडिँदा चार जनाको मृत्यु भएको छभने पाँच जना गम्भीर घाइते भएका छन् । ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माका अनुसार चार जनाको मृत्यु भएको छभने गम्भीर घाइते भएका पाँच जनालाई नजिकको अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनास्थल र अस्पतालमा प्रहरी परिचालन

रुसले दुई जना अमेरिकी कूटनीतिज्ञलाई गर्यो देश निकाला

२९ भदाै, एजेन्सी । रुसी सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ । मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो । अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क ९सिएनएन०का अनुसार अमेरिकी दूतावासका पूर्वकर्मचारी रुसी नागरिकलाई ‘सूचक’ भएको आरोप लगाएर कूटनीतिज्ञद्वय जेफ्री

ईसीबीले फेरी बढायो ब्याजदर

२९ भदाै, जर्मनी । युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले राष्ट्रहरू उच्च मुद्रास्फीतिसँग जुधिरहेको बेला बिहीबार प्रमुख ब्याज दरलाई कीर्तिमानी उचाइमा पुर्‍याएको छ । बैङ्कले आफ्नो ब्याजदर वृद्धिको चक्र समाप्त हुन सक्ने सङ्केत गरेको छ । नीति निर्माताहरूले उधारो लागतलाई अर्को एक चौंथाइ बिन्दुले बढाएका छन् । सबैको चासोका रूपमा हेरिएको निक्षेप दरलाई

आईएमएफद्वारा श्रीलङ्काको आर्थिक सहायता पुनरावलोकन, कोलम्बोलाई थप रकम उपलब्ध गराइने

२९ भदाै, एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको सबैभन्दा खराब आर्थिक सङ्कटपछि सुरु गरिएको कर्जा लगानी (बेलआउट) कार्यक्रमको बिहीबार समीक्षा सुरु गरेको छ । कोलम्बोका अधिकारीहरूले थप ३३ करोड अमेरिकी डलरको कोष प्राप्त गर्ने आशा व्यक्त गरेका छन् । गत वर्षको आर्थिक मन्दीका कारण खाद्यान्न, इन्धन र औषधिको चरम

बिहारको मुजफ्फरपुरमा डुङ्गा पल्टिँदा १० जना बेपत्ता

२९ भदाै, एजेन्सी । भारतको बिहार राज्यको मुजफ्फरपुरस्थित वाग्मती नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १० जना बेपत्ता भएका छन् । अधिकारीका अनुसार अहिलेसम्म १५ देखि २० जनाको उद्धार गरिएको छ । मुजफ्फरपुरका विपद व्यवस्थापन अधिकृत अजय कुमारले पत्रकारहरूसँग घटनाबारे भने, “अहिलेसम्म १० जना बेपत्ता छन्, १५–२० जनाको उद्धार गरिएको छ । थप

सम्वन्धित समाचारहरु