Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अप्रिल २ मा धेरै देशहरूलाई भन्सारमा छुट दिन सकिन्छः ट्रम्प


ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार पारस्परिक भन्सारको लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिनसक्ने बताएका छन् ।

पारस्परिक भन्सारको लागि आफूले धेरै देशहरुलाई छुट दिने योजना बनाएको बताउदै उनले लामो समयदेखि धेरै देशहरुसँगको सम्बन्ध राम्रो रहेको र उनीहरुसँग अमेरिकाको सम्बन्ध राम्रो नै राख्ने बताए । उनले अप्रिल २ लाई मुक्ति दिवसको रुपमा चित्रण गरेका छन् ।

उनले भेनेजुएलाबाट तेल वा ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने बताए । राष्ट्रपतिले ल्याटिन अमेरिकी देशलाई हजारौं अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप पनि लगाएका छन् ।

जेपी मोर्गनका प्रमुख अर्थशास्त्री ब्रुस कास्मानले यस महिनाको शुरुमा अमेरिकी अर्थतन्त्रको बारेमा चिन्ता व्यक्त गरे ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?