Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

इजरायली सेनाद्वारा गाजामा २ प्यालेस्टिनी पत्रकारको हत्या


एजेन्सी। इजरायली सेनाले सोमवार गाजा पट्टीमा दुई छुट्टाछुट्टै आक्रमणमा दुई प्यालेस्टिनी पत्रकारको हत्या गरेको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।

प्यालेस्टाइन टुडेका संवाददाता मोहम्मद मन्सुर, दक्षिणी गाजाको खान युनिसमा रहेको उनको अपार्टमेन्टलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा उनकी श्रीमती र बच्चाहरूसहित मारिएका छन् ।अर्को आक्रमणमा उत्तरी गाजाको जबालियाको पूर्वमा इजरायली हवाई आक्रमणमा अल जजीरा मुबाशेर च्यानलका संवाददाता होसम शबातको मृत्यु भएको स्रोतहरूले बताएका छन् ।

हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले एक विज्ञप्तिमा इजरायली कब्जाद्वारा पत्रकारहरूलाई लक्षित र हत्या गरिएको कडा शब्दमा निन्दा गरेको छ । अन्तर्राष्ट्रिय समुदायलाई गाजामा प्यालेस्टिनी पत्रकार र मिडिया पेशेवरहरू विरुद्धका यी व्यवस्थित अपराधहरूको निन्दा गर्न आह्वान गरेको छ । इजरायली सेनाले दुई आक्रमणहरूमा कुनै आधिकारिक टिप्पणी जारी गरेको छैन । मन्सुर र शबातको मृत्युसँगै अक्टोबर ७, २०२३ मा गाजा युद्ध शुरु भएदेखि मारिएका पत्रकारहरूको संख्या २०८ पुगेको छ ।

जनवरी १९ मा शुरु भएको हमाससँगको युद्धविराम रद्ध भएपछि इजरायलले मार्च १८ मा गाजामा पुनः आक्रमण शुरु गरेको छ। इजरायली सेनाले पछि दक्षिणी, उत्तरी र मध्य गाजामा जमिन कारबाही शुरु गरेको छ । पछिल्लो युद्धबाट मृत्यु हुनेको संख्या ७३० नाघेको छ । जसले गर्दा अक्टोबर २०२३ देखि मृतकको कुल संख्या ५० हजार ८२ पुगेको छ ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?