Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

१३ वर्ष बन्द भएपछि जर्मनीले दमास्कसमा पुनः दुतावास खोल्यो


एजेन्सी। जर्मनीले १३ वर्ष बन्द भएपछि दमास्कसमा आफ्नो दुतावास पुनः खोलेको छ । जर्मन विदेशमन्त्री अन्नालेना बेरबकको भ्रमणसँगै दुतावास खोलिएको हो ।

डिसेम्बर २०२४ मा पूर्व राष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि बेरबकको सिरियाको दोस्रो भ्रमणमा कुटनीतिक मिसन पुनः खोलिएको थियो । जर्मन मिडियाले बेरबकलाई उद्धृत गर्दै पुनः खोलिएको दुतावासमा थोरै संख्यामा कुटनीतिज्ञहरु रहने बताएको छ । आफ्नो भ्रमणको क्रममा बेरबकले सिरियाली नेता अहमद अल–शारा, विदेश मामिला प्रमुख असद अल–शैबानी र सिरियाली नागरिक समाजका प्रतिनिधिहरूसँग उच्चस्तरीय बैठकहरू गरेकी छिन् । बेरबकले देशको गृहयुद्धको मार खेप्ने जिल्ला दमास्कसको अत्यधिक क्षतिग्रस्त जोबार छिमेकको पनि भ्रमण गरिन् ।

२०१२ मा देशको गृहयुद्ध शुरु भएपछि जर्मनीले दमास्कसमा आफ्नो दुतावास बन्द गरेको थियो । इटाली र स्पेन जस्ता धेरै अन्य युरोपेली देशहरूले सिरियाली राजधानीमा आफ्नो दुतावासहरू पुनः खोलिसकेका छन् ।


प्रकाशित मिति: ८ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?