Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

१३ वर्ष बन्द भएपछि जर्मनीले दमास्कसमा पुनः दुतावास खोल्यो


एजेन्सी। जर्मनीले १३ वर्ष बन्द भएपछि दमास्कसमा आफ्नो दुतावास पुनः खोलेको छ । जर्मन विदेशमन्त्री अन्नालेना बेरबकको भ्रमणसँगै दुतावास खोलिएको हो ।

डिसेम्बर २०२४ मा पूर्व राष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि बेरबकको सिरियाको दोस्रो भ्रमणमा कुटनीतिक मिसन पुनः खोलिएको थियो । जर्मन मिडियाले बेरबकलाई उद्धृत गर्दै पुनः खोलिएको दुतावासमा थोरै संख्यामा कुटनीतिज्ञहरु रहने बताएको छ । आफ्नो भ्रमणको क्रममा बेरबकले सिरियाली नेता अहमद अल–शारा, विदेश मामिला प्रमुख असद अल–शैबानी र सिरियाली नागरिक समाजका प्रतिनिधिहरूसँग उच्चस्तरीय बैठकहरू गरेकी छिन् । बेरबकले देशको गृहयुद्धको मार खेप्ने जिल्ला दमास्कसको अत्यधिक क्षतिग्रस्त जोबार छिमेकको पनि भ्रमण गरिन् ।

२०१२ मा देशको गृहयुद्ध शुरु भएपछि जर्मनीले दमास्कसमा आफ्नो दुतावास बन्द गरेको थियो । इटाली र स्पेन जस्ता धेरै अन्य युरोपेली देशहरूले सिरियाली राजधानीमा आफ्नो दुतावासहरू पुनः खोलिसकेका छन् ।


प्रकाशित मिति: ८ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?