Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

यमनको सानामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण शुरु


एजेन्सी। अमेरिकी सेनाले यमनको राजधानी सानामा हवाई आक्रमणको नयाँ चरण शुरु गरेको छ । हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार सात महिला र दुई बालबालिकासहित कम्तिमा नौ जना घाइते भएका छन् ।

अमेरिकी सेनाले गत शनिवारदेखि हुथी लक्षित क्षेत्रमा हवाई आक्रमण पुनः शुरु गरेको थियो । यसको अभियान अन्तर्राष्ट्रिय ढुवानीलाई सुरक्षित राख्ने लक्ष्य रहेको दाबी गरेको छ । हुथीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूकाअनुसार अमेरिकी हवाई आक्रमणको नयाँ चरणमा दर्जनौं व्यक्तिको मृत्यु भएको छ ।

२०१४ मा गृहयुद्ध शुरु भएपछि हुथी विद्रोही समूहले रणनीतिक हिसावले महत्वपूर्ण होदेइदाह बन्दरगाह सहित यमनको ठूलो भाग नियन्त्रण गरेको छ ।


प्रकाशित मिति: ९ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?