Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

विश्व


फिलिपिन्स पानीजहाज आगलागीः ३१ जनाको मृत्यु, सात बेपत्ता

१६ चैत्र, एजैन्सी । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका छन्भने सात जना अझै हराइरहेका छन् । गए राति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र एक सय ९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल

बेलायत नरेश बुन्डेस्टागलाई सम्बोधन गर्दै

१६ चैत्र, एजेन्सी। रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहेका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दै छन् । बेलायतको राजसिंहासन सम्हालेपछि भएको उनको यो पहिलो विदेश भ्रमणमा हो । बेलायत नरेशका रुपमा जर्मन संसद्लाई उनि पहिलोपटक सम्बोधन गर्दैछन् । त्यसअघि उनले चान्सलर ओलाफ स्कोल्जसँग

मस्क र विशेषज्ञहरूद्वारा ‘एआईको व्यापकता’ रोक लगाउन आग्रह

१६ चैत्र, एजेन्सी । अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली ‘कृत्रिम बौद्धिकता (एआई) को व्यापकता’ को विकास तत्कालका लागि रोक लगाउन आग्रह गरेका छन्। सान फ्रान्सिस्कोको कम्पनी ओपनएआईबाट जीपीटी–४ सार्वजनिक गरिएपछि मस्क र एप्पलका सह–संस्थापक स्टिभ वोज्नियाकसहित हालसम्म एक हजारभन्दा बढीले हस्ताक्षर गरेको खुला पत्रमा उक्त आग्रह गरिएको हो। ‘ओपन

बेलायतद्वारा शरणार्थीलाई सैन्य अखडामा राख्ने योजना सार्वजनिक

१६ चैत्र, एजेन्सी। बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने बताएको छ । होटलको बिल घटाउनका लागि बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने र भविष्यमा डुङ्गा तथा बार्जको प्रयोग गर्न सक्ने बेलायतका अध्यागमनमन्त्री रोबर्ट जेनरिकले बताएका छन् । उनले दक्षिणपूर्वी र पूर्वी इङ्ल्यान्डका दुई पूर्व ‘रोयल एयर फोर्स’

राहदानी विभागको टोली पोर्चुगलमा

१६ चैत ,लिस्बन ।  युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आइपुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधबार राजधानी लिस्बन आइपुगेको हो । विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारी,

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा

१५ चैत ,काठमाडौँ । वैदेशिक रोजगार बोर्डले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु गरेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका लागि चिकित्सकको टोलीसहित टेलिमेडिसिन सेवा सुरुआत गरिएको बोर्डले जनाएको छ । सार्वजनिक बिदाको दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह हुने बोर्डले जनाएको छ ।

उच्च जोखिममा रहेका मुलुकको सूचीबाट हट्यो पाकिस्तानको नाम

१५ चैत्र, एजेन्सी । पाकिस्तानका वाणिज्यमन्त्री सैयद नाभिद कमरले पाकिस्तानलाई युरोपेली सङ्घ (ईयू) को उच्च जोखिममा रहेका तेस्रो मुलुकहरूको सूचीबाट हटाइएको बताएका छन् । यसको अर्थ दक्षिण एसियाली मुलुक पाकिस्तानका लागि ईयूको बजारमा निर्यात बढाउने अवसर भएको उनले बताए । उनले भने, “उच्च जोखिममा रहेका तेस्रो मुलुकहरूको सूचीबाट हटाउने निर्णय

आर्थिक स्थिति सुध्रिएसँगै श्रीलङ्कामा घट्यो इन्धनको मूल्य

श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताउनुभएको छ । मन्त्री विजेसेकराका अनुसार भोलि मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर रु ६०, डिजेलमा रु ८० र मट्टितेलमा रु १० कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल रु ३४०, डिजेल रु

जर्मनी जाँदै बेलायतका राजा चार्ल्स

१५ चैत्र, एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीय जर्मनीको तीनदिने राजकीय भ्रमणमा आज जर्मनी जाँदैछन् । देशको राजसिंहासन सम्हालेपछि हुनलागेको पहिलो विदेश भ्रमणमा उहाँका साथ रानी क्यामिला पनि रहनेछन् । यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उनको

अमेरिका जाने प्रयासमा रहेका ४० आप्रवासीको मेक्सिकोको अध्यागमन हिरासतमा जलेर मृत्यु

१५ चैत्र, एजेन्सी। मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विगत केही दिनयता टेक्सासको एल पासोबाट रियो ग्रान्डे नदीको छेउमा अवस्थित सिउडाड जुआरेजमा अमेरिका प्रवेश गर्न चाहने धेरै आप्रवासीको भीड लाग्ने गरेको छ ।

सम्वन्धित समाचारहरु