Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कपाल देखाएको अभियोगमा दुई महिला पक्राउ


१९ चैत्र, एजेन्सी । पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ ।

यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना पुरूष ग्राहकले हिजाब नलगाएइको भन्दै दहीले बारम्बार आक्रमण गरेका थिए । सार्वजनिक व्यवस्था बिगारेको आरोपमा ती आक्रमणकारीलाई पनि पक्राउ गरिएको न्यायपालिकाको मिजान समाचार समितिले जनाएको छ ।

इरानको न्यायपालिकाले ती महिलालाई कपाल देखाएको आरोपमा हिरासतमा लिइएको बताएको छ । इरानमा महिलाले टाउको नढाक्नु गैरकानूनी मानिन्छ । यसअघि हिजाब अनिवार्य लगाउनुपर्ने कानुनी व्यवस्था अन्त्य हुनुपर्ने माग गर्दै देशमा महिनौँदेखि विरोधप्रदर्शन भइरेहका छन् ।

सार्वजनिक रूपमा हिजाब नलगाउनु इरानमा महिलाहरूका लागि गैरकानूनी भए पनि ठूला शहरहरूमा धेरैले हिजाब लगाउँदैनन् । कानुनप्रतिको क्रोध र निराशाले इरानी समाजमा असन्तुष्टि बढाएको छ ।

तेहरानको धार्मिक प्रहरीले नियमअनुसार हिजाब नलगाएको आरोपमा गत सेप्टेम्बरमा हिरासतमा लिइएकी २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि देशभर विरोध व्याप्त छ । हजारौँलाई पक्राउ गरिएको छ भने चार जना प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएको छ ।

इरानी राष्ट्रपति इब्राहिम रायसीले इरानी महिलाहरूले हिजाबलाई धार्मिक आवश्यकताको रूपमा लिनुपर्ने भन्दै त्यसको पालना गर्न निर्देशन दिएका छन् । “हिजाब कानुनी कुरा भएकाले त्यसको पालना गर्नु अनिवार्य छ,” उनले भनेका छन् ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?