Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

तल्लो अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै गान्धी


१९ चैत्र, एजेन्सी । गुजरातको एक अदालतबाट मानहानी मुद्दामा दोषी ठहरिएका भारतीय कांग्रेसका नेता राहुल गान्धीले तल्लो न्यायलयको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनारवेदन गर्ने भएका छन्।

गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही चैत ९ गते मानहानि मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो ।

नेता गान्धीले सोमबार सेसन कोर्टको उक्त सजायविरुद्ध भोलि पुनरावेदन गर्ने उनको पार्टीका वरिष्ठ नेताहरूले बताएका छन् ।

‘तल्लो अदालतको आदेशलाई चुनौती दिँदै भोलि सुरत अदालतमा अपील दायर गरिनेछ, राहुल गान्धी पनि त्यहाँ उपस्थित हुनुहुनेछ,’ नेता गान्धीको कानुनी समूहका एक सदस्यले नाम सार्वजनिक नगर्न अनुरोध गर्दै पीटीआईलाई भनेका छन् ।

उच्च अदालतमा पुनरावेदन गर्न उक्त अदालतले उनलाई अवसर दिँदै ३० दिनको लागि सजाय स्थगन गरेको थियो ।

मानहानि मुद्दामा दोषी ठहर गरेपछि लोकसभा सदस्य रहेका गान्धी विधायकका निम्ति अयोग्य घोषित हुँदै पदमुक्त भएका थिए। ५२ वर्षीय गान्धीलाई भारतीय दण्ड संहिता (आईपीसी) धारा ४९९ र ५०० अन्तर्गत अदालतले दोषी ठहर गरेको थियो ।

विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानि भएको ठहर अदालतले आज उक्त आदेश गरेको हो ।

सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए।

उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए।

नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानि भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा) का विधायक एवं गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?