Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

तल्लो अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै गान्धी


१९ चैत्र, एजेन्सी । गुजरातको एक अदालतबाट मानहानी मुद्दामा दोषी ठहरिएका भारतीय कांग्रेसका नेता राहुल गान्धीले तल्लो न्यायलयको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनारवेदन गर्ने भएका छन्।

गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही चैत ९ गते मानहानि मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो ।

नेता गान्धीले सोमबार सेसन कोर्टको उक्त सजायविरुद्ध भोलि पुनरावेदन गर्ने उनको पार्टीका वरिष्ठ नेताहरूले बताएका छन् ।

‘तल्लो अदालतको आदेशलाई चुनौती दिँदै भोलि सुरत अदालतमा अपील दायर गरिनेछ, राहुल गान्धी पनि त्यहाँ उपस्थित हुनुहुनेछ,’ नेता गान्धीको कानुनी समूहका एक सदस्यले नाम सार्वजनिक नगर्न अनुरोध गर्दै पीटीआईलाई भनेका छन् ।

उच्च अदालतमा पुनरावेदन गर्न उक्त अदालतले उनलाई अवसर दिँदै ३० दिनको लागि सजाय स्थगन गरेको थियो ।

मानहानि मुद्दामा दोषी ठहर गरेपछि लोकसभा सदस्य रहेका गान्धी विधायकका निम्ति अयोग्य घोषित हुँदै पदमुक्त भएका थिए। ५२ वर्षीय गान्धीलाई भारतीय दण्ड संहिता (आईपीसी) धारा ४९९ र ५०० अन्तर्गत अदालतले दोषी ठहर गरेको थियो ।

विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानि भएको ठहर अदालतले आज उक्त आदेश गरेको हो ।

सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए।

उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए।

नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानि भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा) का विधायक एवं गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?