Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

गीत बजाएपछि तालिवानले बन्द गरिदियो महिलाले चलाएको रेडियो स्टेशन


१९ चैत्र, एजेन्सी ।x अफगानिस्तानको उत्तरपूर्वमा रहेको रेडियो स्टेशन तालिवान प्रशासनले बन्द गराएको छ । महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिवानका एक अधिकरीले बताएका छन् ।

दशवर्षअघि प्रारम्भ गरिएको सादाइ बानोवान अर्थात् महिलाको आवाज रेडियो स्टेशनमा आठ जना कर्मचारीमध्ये छ जना महिला कार्यरत थिए ।

बदख्शान प्रान्तका सूचना तगा संस्कृति निर्देशक मोइजुद्दिन अहमदीले रमजानको समयमा गीतसङ्गीत प्रसारण गरेर इस्लामिक कानुनको उल्लङ्घन गरेकाले प्रसारण बन्द गरिएको बताएका छन् । भविष्यमा पुनः कानुनको उल्लङ्घन नगर्ने प्रतिबद्धता व्यक्त भएमा प्रसारणको अनुमति दिइने पनि उनले बताएका छन् ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?