Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अस्पतालमा आगलागी हुँदा बिरामीसहित चार जना घाइते


२० चैत्र, जर्मनी । बर्लिनको एक अस्पतालमा आइतबार राति भएको आगलागीमा परी चार जना गम्भीर घाइते भएका छन् । आगजनी सुरु गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

जर्मनीको राजधानी बर्लिनस्थित क्लिनिकुम अम अर्बनको तेस्रो तल्लामा लागेको आगो सोमबार बिहान नियन्त्रणमा लिइएको छ । तीन जना बिरामी र एक नर्स गम्भीर घाइते भएका छन् । लिफ्टमा फसेका एक घाइते धुवाले निस्सासिएर विरामी परेका थिए ।

भवनभरी धुवाँ फैलिएपछि ४० जनालाई सुरक्षित स्थानमा सारिएको थियो ।

प्रहरीका अनुसार मध्यरातमा ४८ वर्षीय एक व्यक्तिले अस्पतालका दुई शैयामा आगजनी गरेपछि आगलागी सुरु भएको देखिन्छ ।

आक्रमणमा सम्लग्न उनलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिइएको छ ।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?