Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

आजदेखि नेटोको सदस्य बन्दै फिनल्याण्ड


२१ चैत्र, एजेन्सी । फिनल्याण्ड आजदेखि औपचारिक रूपमा उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नेटो) को ३१औँ सदस्य बन्ने भएको छ ।

फिनल्याण्डका राष्ट्रपतिको कार्यालयले सोमबार यस निर्णयबारे जानकारी गराएको हो । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो, विदेशमन्त्री पेक्का हाभिस्टो र रक्षामन्त्री एन्टी काइकोनेनले ब्रसेल्सस्थित नेटो मुख्यालयमा हुने सम्मेलनमा सहभागी हुने कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

फिनल्याण्डको तर्फबाट हाभिस्टोले मङ्गलबार ब्रसेल्समा अमेरिकी विदेश मन्त्रालयमा यसबारे आवश्यक उपस्थिति जनाउने छन् । यस अवसरमा नेटोको मुख्यालय बाहिर देशको झण्डा फहराइनेछ । ब्रसेल्समा नेटो सदस्य राष्ट्रहरूका विदेश मामिला मन्त्रीहरूको अप्रिल ४ देखि ५ तारिखसम्मको बैठक अघि बोल्दै गठबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले भनेका छन् “हामीले नाटोको आधुनिक इतिहासमा सबैभन्दा छिटो अनुमोदन प्रक्रिया देखेका छौँ ।”

स्वीडेनसँगै, फिनल्याण्डले सन् २०२२ मे १८ तारिखमा आफ्नो आधिकारिक आवेदनपत्र बुझाएको थियो । यद्यपि स्वीडेनको आवेदनलाई टर्किए र हङ्गेरीले अनुमोदन गर्न बाँकी छ । “म स्वीडेनलाई सकेसम्म चाँडो नेटो परिवारको पूर्ण सदस्यको रूपमा स्वागत गर्न तत्पर छु,” स्टोल्टेनबर्गले यसलाई “उच्च प्राथमिकता” भन्दै भनेका छन् ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?