Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

पोप फ्रान्सिसको स्वास्थ्यमा सुधार, अस्पतालबाट घर फिर्ता


१९ चैत्र, एजेन्सी । श्वासप्रश्वास (ब्रोन्काइटिस) सम्बन्धी समस्याका कारण तीन रातको अस्पताल बसाइपछि स्वास्थमा सुधार आएपछि पोप फ्रान्सिस शनिबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।

क्रिश्चियन धर्मको सबैभन्दा महत्वपूर्ण हप्ताको तयारीका लागि भ्याटिकन फर्केका उनले शनिबार आफ्ना शुभचिन्तकहरूसँग ठट्टा गर्दै आफु अझै सबै अनुयायीको सेवाका लागि अस्पतालबाट फर्केर आएको बताएका थिए ।

श्वासप्रश्वासमा समस्या भएपछि बुधबार रोमको जेमेली अस्पतालमा भर्ना भएका ८६ वर्षीय धर्मगुरु कारबाट ओर्लेर मुस्कुराउदै आफ्नो स्वास्थ्यमा सुधार आएको बताएका थिए । फ्रान्सिसले अब क्रिश्चियन क्यालेन्डरको सबैभन्दा महत्वपूर्ण हप्ता पवित्र सप्ताह र इस्टरको तयारी सुरु गर्नेछ ।

सेन्ट पिटर स्क्वायरमा बुधबार आयोजित धार्मिक सभापछि पोपले आफुलाई अस्वस्थ महसुस गरेका थियो तर अस्पतालको बसाईमा उनलाई एन्टिबायोटिक दिएपछि स्वास्थ्यमा छिट्टै सुधार आएको होे ।

पोपले शनिबार सेन्ट पिटर्स स्क्वायरमा ‘पाम सन्डे मास’को अध्यक्षता गर्ने बताए ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?