Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

पोप फ्रान्सिसको स्वास्थ्यमा सुधार, अस्पतालबाट घर फिर्ता


१९ चैत्र, एजेन्सी । श्वासप्रश्वास (ब्रोन्काइटिस) सम्बन्धी समस्याका कारण तीन रातको अस्पताल बसाइपछि स्वास्थमा सुधार आएपछि पोप फ्रान्सिस शनिबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।

क्रिश्चियन धर्मको सबैभन्दा महत्वपूर्ण हप्ताको तयारीका लागि भ्याटिकन फर्केका उनले शनिबार आफ्ना शुभचिन्तकहरूसँग ठट्टा गर्दै आफु अझै सबै अनुयायीको सेवाका लागि अस्पतालबाट फर्केर आएको बताएका थिए ।

श्वासप्रश्वासमा समस्या भएपछि बुधबार रोमको जेमेली अस्पतालमा भर्ना भएका ८६ वर्षीय धर्मगुरु कारबाट ओर्लेर मुस्कुराउदै आफ्नो स्वास्थ्यमा सुधार आएको बताएका थिए । फ्रान्सिसले अब क्रिश्चियन क्यालेन्डरको सबैभन्दा महत्वपूर्ण हप्ता पवित्र सप्ताह र इस्टरको तयारी सुरु गर्नेछ ।

सेन्ट पिटर स्क्वायरमा बुधबार आयोजित धार्मिक सभापछि पोपले आफुलाई अस्वस्थ महसुस गरेका थियो तर अस्पतालको बसाईमा उनलाई एन्टिबायोटिक दिएपछि स्वास्थ्यमा छिट्टै सुधार आएको होे ।

पोपले शनिबार सेन्ट पिटर्स स्क्वायरमा ‘पाम सन्डे मास’को अध्यक्षता गर्ने बताए ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?