२० जेठ, एजेन्सी । यस वर्षको पहिलो पाँच महिनामा एक करोडभन्दा बढी पर्यटक हङकङ भ्रमण गरेका छन् । सन् २०२३ को उत्तरार्धमा पर्यटन पुनरुत्थानका लागि सकारात्मक दृष्टिकोणको सङ्केत गरेको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले शुक्रबार पर्यटकको आगमन अपेक्षाकृत भएको जनाएको छ । एचकेटीबीको तथ्याङ्कअनुसार मे महिनामा चीन र दक्षिणपूर्वी एसियाबाट आउने
१९ जेष्ठ ,इन्दोर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गरेका छन् । सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उनले स्रोतबाट नै छ भागमा विभाजन गरेर फोहरको व्यवस्थापन
१९ जेठ, एजेन्सी । बोत्स्वानाको उत्तरपूर्वी भागमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु हुनाका साथै सात जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । बोत्सवानाको उत्तरी भागका वरिष्ठ अधिकारी सुपरिटेन्डेन्ट रोबर्ट म्मेसेले बताएअनुसार बोत्सवानाको दोस्रो ठूलो शहर फ्रान्सिसटाउनको उत्तरपश्चिममा रहेको सडकमा ट्रकले मिनीबसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।
१९ जेठ, एजेन्सी । पाकिस्तानले आज थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् । गत महिना पाकिस्तानले एक सय ९८ भारतीय मछुवारालाई रिहा गरेको थियो । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले मानवताका नाताले भारतीय माझीलाई कारबासमुक्त गरिएको
१९ जेठ, एजेन्सी । सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको मृत्यु भएको छ । अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडमा नौ जनाले ज्यान गुमाएका गृहमन्त्रीले बताएका छन् । अदालतको पछिल्लो निर्णयबाट सोनाकोलाई आगामी राष्ट्रपतीय निर्वाचनमा
१९ जेठ, एजेन्सी । अन्तरराष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेकोे तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेको छ । “तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति अन्तरराष्ट्रिय जगत्सँग संलग्न हुन र साझेदारी गर्न नइच्छुक रहेको सङ्केत गर्छ,” ह्युमन राइट्स वाचका महिला अधिकार
१९ जेठ, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन सार्वजनिक कार्यक्रमस्थलमा लडेका छन् । बिहीबार कोलोराडोमा आयोजित एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गरेर आफ्नो सिटतर्फ जाँदा लडेको भिडियो सार्वजनिक भएको छ । यसबारे ट्वीटमार्फत जानकारी दिँदै ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले राष्ट्रपति बाइडेन बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर
१९ जेठ, एजेन्सी । क्यानडाको मध्य क्षेत्रमा रहेको अग्लो पदमार्गबाट खसेर बुधबार १७ जना बालबालिकासहित १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विन्निपेगको सेन्ट बोनिफेस क्षेत्रको फोर्ट जिब्राल्टरमा स्थानीय समयअनुसार बिहान १० बजेभन्दा केही समयअघि सेन्ट जोन्स–रेभेन्सकोर्ट विद्यालयका १० देखि ११ वर्ष उमेर समूहका बालबालिका ‘फिल्ड ट्रिप’मा गएका बेला
१९ जेठ, एजेन्सी । सन् २०२२ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले बिहीबार तीन बर्षपछि पहिलो पटक ब्याजदरमा भारी कटौती गरेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले निर्णायक ब्याज दरलाई २.५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको आधिकारिक तथ्याङ्कले देखाएको छ । गत महिना मुद्रास्फीति घटेर २५.२ प्रतिशतमा झरेको तथ्याङ्कले
१९ जेठ, एजेन्सी । स्वीडेनको एस्किलस्टुना सहरमा बिहीबार खेलकुद दिवसको समयमा भएको चक्कु आक्रमणमा चार बालबालिका घाइते भएका छन् । खाजाको समयमा झगडाको खबर आएपछि खेलकुद परिसरमा प्रहरी टोलीहरू पठाइएको थियो । एक प्रत्यक्षदर्शीले बताएअनुसार घटनामा लगभग २० व्यक्तिको दुई समूह रहेको र ती समूहका कम्तीमा दुई युवाहरूलाई चक्कुले चोट लागेको