Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल


काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले न्यायपालिकाको स्वतन्त्रता र संविधानको सर्वोच्चतामाथि भइरहेको राजनीतिक प्रहारप्रति चिन्ता व्यक्त गरेका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले अदालतका फैसलाप्रति चित्त नबुझे कानूनसम्मत बाटो रोज्न सकिने भएपनि न्यायाधीशलाई धम्क्याउने र दबाबमा राख्ने कार्य लोकतान्त्रिक संस्कार हुन नसक्ने बताएका छन् । सांसद बरालले २०८२ भदौ २४ को घटनालाई स्मरण गर्दै न्यायपालिकामाथिको हमलाले लोकतन्त्रको जग नै कमजोर हुने जिकिर गरेका छन् । उनले संविधानको धारा १०५ लाई उद्धृत गर्दै अदालतमा विचाराधीन मुद्दा र न्यायाधीशका कार्यबारे संसदमा छलफल गर्न बन्देज रहेको स्मरण गराएका छन् । सत्तापक्षका सांसदहरूबाटै न्यायपालिका र न्यायाधीश लक्षित भइरहेका आपत्तिजनक अभिव्यक्तिहरूले न्यायिक स्वतन्त्रतामाथि नै प्रश्नचिह्न खडा गरेको उनको भनाइ छ ।

उनले भने, ‘अदालतलाई कमजोर पारेर लोकतन्त्र बलियो हुँदैन । सरकार र सत्तारुढ दलले संविधान र कानूनको सीमाबाहिर जाँदा रोक्नु अदालतको संवैधानिक कर्तव्य हो, त्यसैले अदालतसँग बदला लिने मानसिकता लोकतान्त्रिक हुन सक्दैन । अदालत कुनै सरकारको विरोधी होइन, संविधानको रक्षक हो । यदि आज अदालतलाई दबाउने बाटो खोजियो भने भोलि त्यसको मूल्य आम नागरिकले न्याय पाउने अधिकार गुमाएर चुकाउनुपर्ने हुन्छ ।’

उनले अदालत र संसदबीचको संवैधानिक सीमाको ख्याल राख्न आग्रह गर्दै न्यायपालिका संसदको मातहत नहुने स्पष्ट पारेका छन् । न्यायपालिकाको सुधारका लागि न्याय परिषद् जस्ता संवैधानिक निकायहरू सक्रिय रहनुपर्नेमा जोड दिँदै न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने आवश्यकता औंल्याएका छन् ।


प्रकाशित मिति: ८ आश्विन २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?