Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

रूसी युद्धबारे जी–२० को वक्तव्यमा गर्व गर्नुपर्ने केही छैन : युक्रेन


२४ भदाै, एजेन्सी । रूसी आक्रमणबारे जी–२० नेताहरूको वक्तव्यप्रति युक्रेनले शनिबार निराशा व्यक्त गरेको छ ।

युक्रेनले वक्तव्यमा क्षेत्रीय लाभका लागि बल प्रयोगको निन्दा गरिएको छ तर नाम किटाएरै रूसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।

“वक्तव्यमा कडा शब्दहरू समावेश गर्ने प्रयास गर्ने साझेदारहरूप्रति युक्रेन आभारी छ । युक्रेनविरुद्ध रूसको आक्रामकताका सन्दर्भमा जी–२० मा ‘गर्व गर्नुपर्ने केही छैन’,” युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले भने ।

निकोलेन्कोले ‘युक्रेनको युद्ध’लाई ‘रुसको सन्दर्भ’ मा ‘युक्रेनविरुद्धको युद्ध’ मा परिवर्तन गर्दै रातो रङमा सम्पादित वक्तव्यको एउटा भागको फोटो पोस्ट गरेका छन् ।

सम्पादित ‘वक्तव्य’ मा भनिएको छ, “सबै राष्ट्रले कुनै पनि राज्यको क्षेत्रीय अखण्डता र सार्वभौमिकता वा राजनीतिक स्वतन्त्रताविरुद्ध क्षेत्रीय अधिग्रहणको लागि धम्की वा बल प्रयोगबाट बच्नुपर्छ ।”

गत वर्ष बालीमा जारी जी–२० को वक्तव्यमा ‘युक्रेनविरुद्ध रूसी महासङ्घले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्ने’ संयुक्त राष्ट्रसङ्घको प्रस्तावलाई उद्धृत गरिएको थियो ।

निकोलेन्कोले भने,“यो स्पष्ट छ कि युक्रेनको सहभागिताले सम्मेलनमा सहभागीहरूलाई युक्रेनको स्थितिबारे अझ राम्रोसँग बुझ्न अनुमति दिनेछ ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?