Trending
>>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

विश्व


हवाई टापुको डढेलोमा ९३ जनाले ज्यान गुमाए

२८ श्रावण, एजेन्सी । हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९३ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् ।  बितेका एक सय वर्षमा यति भीषण एवं भयावह अवस्था अमेरिकी जनताले गर्नुपरेको थिएन । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारण क्रुद्ध भएका छन्

उड्नै लागेको विमानमा चरा ठोक्किएपछि…

२८ श्रावण, एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्नलागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सको ब्याङ्कक उड्नलागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई

बस र कार ठोक्किँदा एकै परिवारका ७ जनाको मृत्यु

२८ श्रावण, एजेन्सी । राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए । सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको

चीनले प्रतिजासुसी कानुन लागू गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरालोतिर

२८ श्रावण, एजेन्सी । चीनले प्रतिजासुसी कानुन कार्यान्वयन गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरोलो लागेको छ । जासुसी गतिविधिको परिभाषा विस्तार गर्दै त्यसमा अमेरिकीलगायत सबै विदेशीमाथि नजर लगाउने विषय समेटिएको छ । गत जुलाई १ मा बेइजिङले आफ्नो प्रतिजासुसी कानुन संशोधन गरी त्यसलाई तत्काल कार्यान्वयन गरेपछि जासुसीलाई नै लिएर पहिलेदेखि बिग्रिएको सम्बन्धमा

सिनेटर काकर पाकिस्तानको कामचलाउ प्रधानमन्त्री बन्ने

२८ श्रावण, एजेन्सी । पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ। राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न उक्त स्वीकृति प्रदान गरेका हुन्। यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले नेशनल एसेम्बली

मस्जिद भत्किँदा १० जनाको मृत्यु

२८ श्रावण, एजेन्सी । उत्तरी नाइजेरियाको कादुना राज्यमा शुक्रबार एक प्राचीन मस्जिद अचानक भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ । प्रहरी प्रवक्ता मोहम्मद जलिगेले दिएको जानकारीअनुसार जारिया शहरमा शुक्रबार साँझको प्रार्थनाका क्रममा मस्जिद आंशिक रुपमा भत्किएको थियो । प्रवक्ता जलिगेले भने, “मस्जिदको भग्नावशेषबाट १० जनाको शव निकालिएको

आइफेल टावरलाई बमले उडाइदिने धम्की आएपछि…

२८ श्रावण, एजेन्सी । फ्रान्सको सबैभन्दा प्रसिद्धस्थल आइफेल टावरमा विस्फोटक पदार्थ राखेको चेतावनी पछि पेरिसमा रहेको उक्त स्थान केही समयका लागि खाली गर्नुपरेको छ । प्रहरी स्रोतले शनिबार फ्रान्सेली दैनिक समाचार पत्र ‘ले पेरिसियन’लाई दिएको जानकारीअनुसार आइफिल टावरमा यो हप्ता धेरै आगन्तुकहरूको अपेक्षा गरिएको छ र उनीहरूको सुरक्षाको लागि टावर खाली

हवाईमा डढेलो नियन्त्रणका लागि अनुसन्धान सुरू, मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो

२७ ,श्रावण ,लहैना, संयुक्त राज्य अमेरिका । हवाई राज्यमा यस हप्ता कम्तीमा ८० जनाको ज्यान जाने गरी भएको विनाशकारी डढेलो नियन्त्रणका लागि आफूले अनुसन्धान सुरु गर्न लागेको हवाईका प्रमुख कानूनी अधिकारीले शुक्रबार बताएका छन् । लाहैनाका बासिन्दाहरूलाई पहिलो पटक शहरमा फर्कन अनुमति दिइएपछि अनुसन्धान सुरु गर्न निर्देशन दिइएको हो ।

अष्ट्रेलिया पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुग्न सफल

२७ श्रावण, एजेन्सी । आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा ७–६ गोलले हरायो । निर्धारित समय र अतिरित्तस समयमा गोल रहित बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत ३–३ गोलको बराबरी भएपछि सडनडेथमा अष्ट्रेलिया भाग्यमानी बन्यो । सडनडेथसम्म

मायामीमा मेसीको उत्कृष्ट प्रदर्शन जारी, शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का

२७ श्रावण, एजेन्सी । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी चम्किएपछि इन्टर मियामी लिग्स कप–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा मियामीले एफसी चार्लोटलाई ४–० गोलले हरायो । मियामीको जितमा मेस्सी, जोसेफ मार्टिनेज र रोबर्ट टेलरले एक एक गोल गरे । मियामीले अर्को गोल चार्लोटका एडिल्सन मालान्डाबाट

सम्वन्धित समाचारहरु