Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

मायामीमा मेसीको उत्कृष्ट प्रदर्शन जारी, शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का


२७ श्रावण, एजेन्सी । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी चम्किएपछि इन्टर मियामी लिग्स कप–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा मियामीले एफसी चार्लोटलाई ४–० गोलले हरायो ।

मियामीको जितमा मेस्सी, जोसेफ मार्टिनेज र रोबर्ट टेलरले एक एक गोल गरे । मियामीले अर्को गोल चार्लोटका एडिल्सन मालान्डाबाट आत्मघाती उपहार पाएको थियो । एकपक्षीय खेलमा मार्टिनेजले १२औँ मिनेटमा पेनाल्टीमा गोलको खाता खोले ।

टेलरले ३२औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ७८औँ मिनेटमा अदिल्सन मालान्दाले आत्मघाती गोल गरेपछि मियामी थप बलियो बन्यो । त्यसपछि ८६औँ मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सजिलै जिताए ।

मेस्सीको यो जारी प्रतियोगितामा आठौंगोल हो । यसै सिजन फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर मियामी पुग्नुभएका मेस्सीले त्यहाँ सानदार प्रदर्शन गरिरहेका छन् । सेमिफाइनलमा मियामीले फिलाडेल्फिया युनियन र क्वेरेटारोको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?