Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

हवाईमा डढेलो नियन्त्रणका लागि अनुसन्धान सुरू, मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो


२७ ,श्रावण ,लहैना, संयुक्त राज्य अमेरिका । हवाई राज्यमा यस हप्ता कम्तीमा ८० जनाको ज्यान जाने गरी भएको विनाशकारी डढेलो नियन्त्रणका लागि आफूले अनुसन्धान सुरु गर्न लागेको हवाईका प्रमुख कानूनी अधिकारीले शुक्रबार बताएका छन् ।

लाहैनाका बासिन्दाहरूलाई पहिलो पटक शहरमा फर्कन अनुमति दिइएपछि अनुसन्धान सुरु गर्न निर्देशन दिइएको हो ।

लाहैनाका बासिन्दाहरूलाई शहरमा फर्किन दिइएको अनुमतिसँगै प्रशासनले उक्त घातक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८० पुगेको जनाइएको हो । घर फर्किन अनुमति दिएसँगै आफ्नो वस्तीमा फर्किँदा अधिकांशले आफ्नो घर खरानीमा परिणत भएको बताएका छन् ।

आफ्नो घर सकुशल पाएका नागरिकले पनि उक्त घटनामा प्रशासनबाट भएका कमजोरीप्रति आक्रोस पोखेका छन् ।

नाम नबताउने शर्तमा एक नागरिकले एएफपीसँगको कुराकानीमा भने, “सरकार कहाँ छ ? तिनी (नेता)हरू कहाँ छन्?” “यो नालायकी हो । हामी स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्दैनौं किनकि हामीले लुटपाटको बारेमा सुनेका छौं । हामीले जीउनका लागि धेरै आधार गुमाएका छौँ ।”

हवाईका महान्यायाधिवक्ता एनी लोपेजले आफ्नो कार्यालयले यस हप्ता माउई र हवाई टापुमा लागेको डढेलोको समय र यसपछिका लागि महत्वपूर्ण निर्णय लिने र स्थायी नीतिहरूको परीक्षण गर्ने बताएका छन् ।

उनले आफ्नो विभागले उक्त निष्कर्ष सार्वजनिक गर्ने बताएका छन् । माउ काउन्टीका अधिकारीहरूले शुक्रबार राति मृत्यु हुनेको सङ्ख्या ८० पुर्याएका थिए र एक हजार ४१८ जना आपतकालीन आश्रयस्थलमा रहेको बताएका थिए ।

यो गर्मीयाममा उत्तरी अमेरिकामा भएका अन्य चरम मौसमी घटनाहरूजस्तै डढेलोले जनजीवन प्रभावित तुल्याएको छ ।

क्यानाडामा अझै पनि जङ्गलको व्यापक क्षेत्र डढेलोले जलिरहेको छ र अमेरिकाको दक्षिण–पश्चिममा एक प्रमुख मौसमी घटना उष्ण लहर फैलिरहेको छ ।

यूरोप र एसियाका केही भागले पनि बढ्दो तापक्रमको सामना गर्नुपरेको छ । व्यापक डढेलो र बाढीले आतङ्क मच्चाएको छ । वैज्ञानिकहरूले कार्बन उत्सर्जनका कारण हुने विश्वव्यापी तापक्रम वृद्धिले चरम प्रतिकूल मौसममा योगदान पुर्याइरहेको बताएका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?