Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

अष्ट्रेलिया पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुग्न सफल


२७ श्रावण, एजेन्सी । आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा ७–६ गोलले हरायो ।

निर्धारित समय र अतिरित्तस समयमा गोल रहित बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत ३–३ गोलको बराबरी भएपछि सडनडेथमा अष्ट्रेलिया भाग्यमानी बन्यो ।

सडनडेथसम्म दुवै टोलीले १०/१० पेनाल्टी प्रहार गरेका थिए । जसमा अष्ट्रेलियाका सात खेलाडीले गोल गर्दा तीन खेलाडी चुकेका थिए । फ्रान्सका ६ खेलाडीले गोल गर्दा चार खेलाडी असफल रहे ।

सेमिफाइनलमा अष्ट्रेलियाले इङ्गल्यान्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि स्पेन र स्विडेन सेमिफाइनलमा पुगिसकेका छन् ।

अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो। पछिल्लो २० वर्षमा सेमिफाइनलमा पुग्ने अष्ट्रेलिया पहिलो आयोजक राष्ट्र पनि भएको छ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?