Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

अष्ट्रेलिया पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुग्न सफल


२७ श्रावण, एजेन्सी । आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा ७–६ गोलले हरायो ।

निर्धारित समय र अतिरित्तस समयमा गोल रहित बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत ३–३ गोलको बराबरी भएपछि सडनडेथमा अष्ट्रेलिया भाग्यमानी बन्यो ।

सडनडेथसम्म दुवै टोलीले १०/१० पेनाल्टी प्रहार गरेका थिए । जसमा अष्ट्रेलियाका सात खेलाडीले गोल गर्दा तीन खेलाडी चुकेका थिए । फ्रान्सका ६ खेलाडीले गोल गर्दा चार खेलाडी असफल रहे ।

सेमिफाइनलमा अष्ट्रेलियाले इङ्गल्यान्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि स्पेन र स्विडेन सेमिफाइनलमा पुगिसकेका छन् ।

अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो। पछिल्लो २० वर्षमा सेमिफाइनलमा पुग्ने अष्ट्रेलिया पहिलो आयोजक राष्ट्र पनि भएको छ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?