२० जेठ, एजेन्सी । तान्जानियाले शुक्रबार घातक मारबर्ग भाइरसको प्रकोपको अन्त्य भएको घोषणा गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत मार्चको अन्त्यमा पहिलो पटक नौ जनामा यो घातक सङ्क्रमण देखिएको र छ जनाको सो कारणले मृत्यु भएको थियो । त्यसयता यसको नियन्त्रणमा निकै प्रायस गरिएको थियो।
२० जेठ, एजेन्सी । भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा गत महिना हिंसा भड्किएपछि कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार घटना घटेका छन् । ती आगजनीमा करोडौंको सम्पत्ति नष्ट भएको छ । आगलाघिका कारण हजारौं मानिसहरू आफ्नो घर
२० जेठ, एजेन्सी । चिनियाँ अधिकारीहरूले शुक्रबार दक्षिणपश्चिम चीनको चोङकिङ, सिचुआन र गुइझोउ र देशको उत्तरपश्चिममा पर्ने शान्सी क्षेत्रमामा वर्षाका कारण हुन सक्ने सम्भावित भूगर्भीय प्रकोपका लागि पहेंलो चेतावनी जारी गरेका छन्। प्राकृतिक सम्पदा मन्त्रालय र मौसम प्रशासनले ती क्षेत्रहरूमा शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बेलुका ८ बजेसम्म वर्षाका कारण हुने
२० जेठ, वासिङ्टन । ह्वाइट हाउसका एक उच्च अधिकारीले रूससँगको आणविक हतियारको वर्तमान सीमा कायम राख्न प्रस्ताव गरेका छन् भने उदीयमान शक्ति चीनलाई भविष्यमा हतियार नियन्त्रण प्रयासको केन्द्रमा राख्नुपर्ने बताएका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वासिङ्टनमा आयोजित राष्ट्रिय हतियार नियन्त्रण सङ्घको वार्षिक बैठकमा जो बाइडन प्रशासनले शीतयुद्धपछिको आणविक परिदृश्यमा
२० जेठ, एजेन्सी । ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २८० भन्दा बढीको मृत्यु भएको विवरण प्राप्त भएको छ । आजतकका अनुसार सो क्रममा ९ सयभन्दा बढी घाइते भएको बताइएको छ । कोरोमण्डल एक्सप्रेसका पटरीबाट खसेका थिए, त्यसपछि यो अर्को लाइनमा विपरीत लाइनबाट आउँदै गरेको अर्को
२० जेठ, एजेन्सी । यस वर्षको पहिलो पाँच महिनामा एक करोडभन्दा बढी पर्यटक हङकङ भ्रमण गरेका छन् । सन् २०२३ को उत्तरार्धमा पर्यटन पुनरुत्थानका लागि सकारात्मक दृष्टिकोणको सङ्केत गरेको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले शुक्रबार पर्यटकको आगमन अपेक्षाकृत भएको जनाएको छ । एचकेटीबीको तथ्याङ्कअनुसार मे महिनामा चीन र दक्षिणपूर्वी एसियाबाट आउने
१९ जेष्ठ ,इन्दोर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गरेका छन् । सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उनले स्रोतबाट नै छ भागमा विभाजन गरेर फोहरको व्यवस्थापन
१९ जेठ, एजेन्सी । बोत्स्वानाको उत्तरपूर्वी भागमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु हुनाका साथै सात जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । बोत्सवानाको उत्तरी भागका वरिष्ठ अधिकारी सुपरिटेन्डेन्ट रोबर्ट म्मेसेले बताएअनुसार बोत्सवानाको दोस्रो ठूलो शहर फ्रान्सिसटाउनको उत्तरपश्चिममा रहेको सडकमा ट्रकले मिनीबसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।
१९ जेठ, एजेन्सी । पाकिस्तानले आज थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् । गत महिना पाकिस्तानले एक सय ९८ भारतीय मछुवारालाई रिहा गरेको थियो । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले मानवताका नाताले भारतीय माझीलाई कारबासमुक्त गरिएको
१९ जेठ, एजेन्सी । सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको मृत्यु भएको छ । अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडमा नौ जनाले ज्यान गुमाएका गृहमन्त्रीले बताएका छन् । अदालतको पछिल्लो निर्णयबाट सोनाकोलाई आगामी राष्ट्रपतीय निर्वाचनमा