Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

पुटिनलाई भेट्न रेलमै रूस पुगे उत्तर कोरियाली नेता किम


२६ भदाै, एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ ।

नेता किम चढेको रेल उत्तर कोरियाबाट प्रिमोर्स्की क्षेत्रमा प्रवेश गरेको तस्बिर पनि रिया नावोस्तीले सार्वजनिक गरेको छ । गाढा हरियो डिब्बासहितको उत्तर कोरियाली रेललाई रुसी रेलवे पटरीमा तानेको तस्बिरमा देखिन्छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले भने सोमबार नै नेता किमको चढेको रेल रुसी भूमिमा प्रवेश गरेको विश्वास आफूलाई भएको बताएको थियो ।

रुसी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली नेता किमले यसै साताको अन्त्यमा आफ्ना समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएका छन् । चार वर्षपछि उनले गरेको पहिलो विदेश विदेश भ्रमण हो ।

रातभर यात्रा गरेर नेता किम भ्लादिभोस्तोक पुग्न लागेका छन् । सशस्त्र फौजका साथ उनि यात्रामा छन् । उनका साथ वरिष्ठ सैनिक अधिकारी पनि छन् । द्विपक्षीय सैन्य सम्बन्ध तथा हातहतियार आपूर्तिका सम्बन्धमा छलफल गर्न उनीहरूलाई पनि भ्रमण दलमा समावेश गरिएको बताइएको छ । राष्ट्रपति पुटिन हाल वार्षिक आर्थिक मञ्चमा भाग लिने सिलसिलामा भ्लादिभोस्तोकमा छन् ।

प्रतिरक्षा विश्लेषकहरूका अनुसार मस्कोले उत्तर कोरियाबाट हातहतियार र एन्टिट्याङ्क मिसाइलहरू लिएर रुसबाट उपग्रह र आणविक शक्तिबाट सचालन ह्न पनडुब्बी प्रविधि चाहेको छ । यद्यपि क्रेमलिनले वैश्विक एवं क्षेत्रीय मामिलामा दुई देशका नेताले वार्ता गर्ने बताएको छ । पश्चिमा प्रतिबन्धबाट पिरोलिएको प्योङयाङले मस्कोसँग खाद्यान्नलगायत अन्य मानवीय सहायताका निम्ति अनुरोध गर्ने बताइएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सञ्चारमाध्यमलाई दुई नेताले ‘संवेदनशील’ विषयमा छलफल गर्ने बताएका छन् । “छिमेकीका रूपमा यो स्पष्ट छ हाम्रा देशबीच संवेदनशील क्षेत्रमा सहयोग हुन्छ जुन सार्वजनिक खुपतको विषय हुनु हुँदैन । छिमेकी देशका लागि सामान्य हो,” उनले भनेका छन् ।

दुवै नेताबीचको वार्तामा अमेरिकी चेतावनीको बेवास्ता हुने प्रवक्ता पेस्कोभले पत्रकारहरूलाई बताए । “उत्तर कोरियालगायत हाम्रा छिमेकीसँग हामीले विकास गर्ने सम्बन्धसँग वासिङ्टनको चेतावनीको कुनै अर्थ छैन दुई देशको हितमा त्यो केन्द्रित हुनेछ,” वासिङ्टनले युक्रेन द्वन्द्वका लागि उत्तर कोरियाले मस्कोलाई हतियार उपलब्ध गराएमा प्योङयाङले त्यसको मूल्य चुकाउनुपर्ने अमेरिकी चेतावनीबारेको जिज्ञासको जवाफमा उनले स्पष्ट गरे ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?