Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

बाइडेन संयुक्त राष्ट्र सङ्घको महासभामा जाने


२७ भदाै, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने र विश्वका अन्य नेतासँग अन्तर्राष्ट्रिय सुरक्षा ‘खतरा’बारे छलफल गर्ने ह्वाइट हाउसले मङ्गलबार जनाएको छ ।

युक्रेनमा रूसको युद्धले संयुक्त राष्ट्रसङ्घको वार्षिक मञ्चमा पुनः प्रभुत्व जमाउने अपेक्षा गरिएको छ, जहाँ राष्ट्रहरूले गत वर्ष मस्कोले देशको केही भागहरू कब्जा गरेको विरोधमा मतदान गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको बैठकमा दुई दिने बसाइको पहिलो दिन सेप्टेम्बर १९ मा बाइडेनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस सचिव करिन ज्याँ पियरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराको सामना गर्न, विश्वव्यापी समृद्धिलाई अगाडि बढाउन र मानव अधिकारको रक्षा गर्न सहयोगका लागि विश्वका नेताहरूसँग पनि भेटवार्ता गर्ने बताएका छन् ।

गत वर्ष संयुक्त राष्ट्रसङ्घको महासभामा बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘निर्लज्जतापूर्वक’ संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन गरेको आरोप लगाएका थिए ।

ह्वाइट हाउसले यो वर्ष बाइडेनले कुन नेतालाई भेट्ने छन् भन्नेबारे केही बताएको छैन ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू पनि संयुक्त राज्य अमेरिकाको भ्रमणको एक भागको रूपमा अर्को हप्ता संयुक्त राष्ट्र सङ्घको महासभामा उपस्थित हुनेछन्, यद्यपि इजरायली अधिकारीहरूले बाइडनलाई भेट्ने कुनै योजना नरहेको बताएका छन् ।

नेतन्याहूको कट्टर दक्षिणपन्थी सरकारले अघि बढाइरहेको न्यायिक सुधारको बाइडेनले आलोचना गरेपछि नेतन्याहू र बाइडनबीचको सम्बन्ध गत वर्ष इजरायली राष्ट्रपतिमा पुनः निर्वाचित भएदेखि नै तनावपूर्ण बनेको छ ।

जुलाईमा ह्वाइट हाउसले बाइडेन र नेतन्याहूबीच यसै वर्षको अन्त्यमा संयुक्त राज्य अमेरिकामा भेटवार्ता हुने बताएको थियो ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?