Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

मणिपुरमा गोली हानी तीन जनाको हत्या


२६ ,भाद्र ,नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा मङ्गलबार बिहान अज्ञात बन्दुकधारीले तीन जनाको गोली हानी हत्या गरेका छन् ।

“बिहान बन्दुकधारीले काङपोकीको कुकी–जोमी समुदायका तीन जना गाउँलेमाथि आक्रमण गरेका थिए । तीनै जना गाडीमा यात्रा गरिरहेका बेला जिल्लाको काङगुई क्षेत्रमा आक्रमण भएको थियो,” एक अधिकारीले भने ।

आक्रमणकारीले उक्त गाडीमा एम्बुस प्रहार गरेको समाचारमा जनाइएको छ । गत शुक्रबार तेङनौपाल जिल्लाको पल्लेल सहरमा भएको हिंसामा दुई जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए ।

गैर–आदिवासी मेइतेइ समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा जनजातीय प्रदर्शनको क्रममा राज्यमा ठूलो मात्रामा हिंसा भड्किएपछि मणिपुर मे ३ देखि हिंसाको चपेटामा परेको छ ।

हिंसाले उनीहरूलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्दछ । उत्तरपूर्वी राज्यमा जारी हिंसामा हालसम्म १६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

बहुसङ्ख्यक मेइतेई समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीचको जातीय द्वन्द्वका कारण ६० हजार मानिस विस्थापित भएका छन् । राज्यमा भीडले तोडफोड र आगजनीको सहारा लिइरहेका छन् र यस क्रममा सयौं घर र पसलहरू जलेर नष्ट भएका छन् ।

हिंसाका क्रममा प्रहरी चौकी र शस्त्रागारबाट पनि ठूलो सङ्ख्यामा हतियार लुटिएको सञ्चारमाध्यमले जनाएका छन् ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?