Trending
>>   आज मिति २०८१ साल माघ ०८ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   काभ्रे उमाविका नक्कली प्रमाणपत्रधारी शिक्षक पक्राउ >>   सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक >>   वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ >>   महाकुम्भमा आठ करोडभन्दा बढी दर्शनार्थी सहभागी >>   स्ववियु निर्वाचन चैत ५ गते हुने >>   रवि लगायत सातै जनालाई थुनामै राख्नु पर्ने भन्दै उच्च अदालतमा निवेदन >>   राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारीमा डा. भुसाल >>   पदक जित्ने लक्ष्यअनुरूप गएका थियौं– विश्व उपविजेता नेपाली खो खो टोलीका कप्तान हेमराज >>   २०८१ बाट निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुन्छः शिक्षामन्त्री भट्टराई
Logo
८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

विश्व


सहायताकर्मीमाथिको हिंसा नरोकिएकोमा राष्ट्रसङ्घ चिन्तित

३२ श्रावण, एजेन्सी । संयुक्त राष्ट्रसङ्घले मानवीय सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा चिन्ता व्यक्त गरेको छ । इराकको राजधानी बग्दादस्थित राष्ट्रसङ्घीय कार्यालयमा २० वर्षअघि भएको घातक हमलाको सन्दर्भमा उक्त विश्वसंस्थाले सहायताकर्मीमाथि आक्रमण नरोकिएकामा चिन्ता व्यक्त गरेको हो । यो वर्ष संसारभरि ६२ जना मानवीय सहायताकर्मीले विभिन्न आक्रमणमा परी ज्यान गुमाएको जनाएको छ ।

डुङ्गा दुर्घटनामा ६३ भन्दा बढीको मृत्यु भएको आशङ्का

३२ श्रावण, एजेन्सि । आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ भने अन्य ३८ जनाको उद्धार गरिएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० अधिकारीहरूलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका निम्ति हिँडेको डुङ्गा केप भर्डेको

आर्थिक पुनः उत्थान ‘कष्टप्रद’, पश्चिमा आलोचकहरू ‘गलत साबित हुनेछन्’ : चीन

३२ श्रावण, एजेन्सी । चीनले बुधबार आफ्नो आर्थिक पुनः उत्थान ‘उथलपुथल पूर्ण र कष्टकर प्रक्रिया’ हुने तर पश्चिमा आलोचकहरू ‘निश्चित रूपमा गलत साबित हुने’ बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ पछि चीनको अस्त व्यस्तताप्रति चिन्ता व्यक्त गर्ने हालैका आँकडाले चीनको बढ्दो आर्थिक समस्याले चीनलाई ‘टाइम बम’ विस्फोट पहिलेको अवस्थामा पुर्‍याएको

भारतले ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने

३२ श्रावण, एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल१ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ । “सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ । उक्त स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको

सिरियामा शतप्रतिशत तलब वृद्धि गर्न राष्ट्रपतिको निर्देशन

३२ श्रावण, एजेन्सी । सिरियाली राष्ट्रपति बसर अल असदले मङ्गलबार शतप्रतिशत तलब वृद्धि गर्न आदेश दिएका छन् । सरकारले इन्धनको मूल्य उच्च अङ्कले वृद्धि गरेपछि सरकारद्वारा दिने मासिक तलबमानमा पनि वृद्धि गर्न राष्ट्रपतिले निर्देशन दिएका हुन् । सन् २०११ मा सिरियाली युद्ध सुरु भएयता राज्यका कर्मचारी, अवकाशप्राप्त र सैनिक कर्मचारीको

भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु

३१ ,श्रावण ,नयाँदिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ । सिमलाको समर हिल क्षेत्रमा गएको भीषण पहिरोले क्षति पु¥याएपछि पछिल्लो दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा १२ जनाको शव फेला परेको

हवाई टापुको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो

३१ श्रावण, एजेन्सी । हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या दोब्बर वा तेब्बरले बढ्नसक्ने बताउनुभएको छ । अघिल्लो मङ्गलबार वनबाट सल्केको डढेलोले लहाइनाका झण्डै १३ हजार घरमा क्षति भएको छ

स्पेन पहिलो पटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा

३१ श्रावण, एजेन्सी । स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोलले हरायो । स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीबाट तीन गोल अन्तिम नौ मिनेटमा सम्भव भएको

लिबियामा द्विपक्षीय झडपः २७ जनाको मृत्यु

३१ श्रावण, लिबिया । लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भएको झडपमा २७ जनाको मृत्यु भएको छ । त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा परी एक सयभन्दा बढी घाइते भएका छन् । सन् २०११ कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि सङ्घर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदा बीचको झडप सोमबार

बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास आवश्यक छ : राष्ट्रपति पुटिन

३१ श्रावण, एजेन्सी । विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको निरन्तर सुदृढीकरण खोजिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । मस्कोमा आयोजित अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी ११ औं सम्मेलनमा मङ्गलबार उनले सो धारणा राखेका हुन् । बहुध्रुवीयतातर्फ विश्वव्यापी परिवर्तनको चर्चा गर्दै पुटिनले भने "अधिकांश देशहरू आफ्नो सार्वभौमसत्ता दाबी गर्न र आफ्नो राष्ट्रिय हित,

सम्वन्धित समाचारहरु