Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

दुर्घटनाग्रस्त अजरबैजान एयरलाइन्सको विमान चरासँग ठोक्किएको प्रारम्भिक निस्कर्ष


एजेन्सी। अजरबैजान एयरलाइन्सद्वारा बाकुबाट ग्रोज्नीका लागि सञ्चालित एक यात्रुवाहक विमान बुधवार कजाकिस्तानको अक्टाउ शहर नजिक दुर्घटनाग्रस्त भएको कजाकिस्तानको आपतकालीन अवस्था मन्त्रालय (एमईएस) ले जनाएको छ ।

फ्लाइट नम्बर जे२–८२४३ को एम्ब्रेयर १९० विमान अक्ताउ विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । मन्त्रालयले दुर्घटनामा २८ जनालाई सकुशल उद्धार गरेको जनाएको छ । जहाजमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्यसहित ६७ जना सवार थिए । कजाख सञ्चारमाध्यमकाअनुसार जहाजमा रहेका यात्रुमा अजरबैजानका ३७, रुसका १६, कजाकिस्तानका ६ र किर्गिस्तानका तीनजना नागरिक थिए । दुर्घटनाको प्रारम्भिक कारण चरा ठोक्किएको देखिएको बताइएको छ ।

एमईएसले विमानमा आगो लागेको अवस्थामा ५२ जना कर्मचारी र ११ थान उपकरण पठाएको थियो । एम्ब्रेयर १९० विमान यसको क्याबिन कन्फिगरेसन अनुसार ९६ देखि ११४ यात्रु बोक्ने गरी डिजाइन गरिएको हो । यो विमानले ४ हजार ५ सय किलोमिटरसम्म उड्न सक्छ । फ्लाइटअवेयरका अनुसार विमान बाकुबाट निर्धारित समयभन्दा ११ मिनेट अगाडि उडेको थियो । क्यास्पियन सागरमा उडान गर्दा यसले आपतकालीन संकेत जारी गर्यो ।

अजरबैजानी मिडियाले कुहिरोका कारण ग्रोज्नीमा अवतरण गर्ने अनुमति प्राप्त गर्न नसकेको जनाएको छ । जसले गर्दा यसलाई मखाचकला र पछि अक्ताउमा पु¥याइएको थियो ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?