Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

टर्किएले २०२५ को लागि न्युनतम ज्याला ३० प्रतिशतले बढायो


काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलवार २०२५ को लागि न्युनतम ज्यालामा ३० प्रतिशत वृद्धि गरी २२ हजार १०४ लिरा (लगभग ६३० अमेरिकी डलर) पुर्‍याएको घोषणा गरेका छन् ।

न्युनतम पारिश्रमिक निर्धारण आयोगको अंकारामा भएको चौथो बैठकपछि यो घोषणा गरेका हुन् । श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले यो वृद्धिले श्रमिकको हितमा वृद्धि हुने र देशको आर्थिक स्थायित्वलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

यद्यपि टर्किस कन्फेडेरेसन अफ ट्रेड युनियन (टर्क–आईएस) ले तलव प्रश्तावको बारेमा पूर्व सूचनाको अभावको कारण बैठकमा उपस्थित नहुने निर्णय गरेका छन् ।टर्क–आईएसका अध्यक्ष एर्गुन अतालेले यसअघि ४५ प्रतिशत वृद्धि र २० प्रतिशत सामाजिक हिस्सासहित २९ हजार ५८३ लिरा (लगभग ८४५ डलर) को खुद ज्यालाको मागलाई रूपरेखा दिएका थिए ।

युनियनले यो सङ्ख्याभन्दा कम कुनैपनि निर्णयलाई अनुमोदन नगर्ने दोहोर्‍याएका थिए । २०२४ को लागि न्युनतम ज्याला १७ हजार २ लिरामा सेट गरिएका थिए । यसैबीच टर्कीको वार्षिक मुद्रास्फीति दर नोभेम्बरमा ४७.०९ प्रतिशतमा झरेको छ ।

जुन २०२३ को जुन यताकै न्युन स्तर हो ।


प्रकाशित मिति: १० पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?