Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

टर्किएले २०२५ को लागि न्युनतम ज्याला ३० प्रतिशतले बढायो


काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलवार २०२५ को लागि न्युनतम ज्यालामा ३० प्रतिशत वृद्धि गरी २२ हजार १०४ लिरा (लगभग ६३० अमेरिकी डलर) पुर्‍याएको घोषणा गरेका छन् ।

न्युनतम पारिश्रमिक निर्धारण आयोगको अंकारामा भएको चौथो बैठकपछि यो घोषणा गरेका हुन् । श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले यो वृद्धिले श्रमिकको हितमा वृद्धि हुने र देशको आर्थिक स्थायित्वलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

यद्यपि टर्किस कन्फेडेरेसन अफ ट्रेड युनियन (टर्क–आईएस) ले तलव प्रश्तावको बारेमा पूर्व सूचनाको अभावको कारण बैठकमा उपस्थित नहुने निर्णय गरेका छन् ।टर्क–आईएसका अध्यक्ष एर्गुन अतालेले यसअघि ४५ प्रतिशत वृद्धि र २० प्रतिशत सामाजिक हिस्सासहित २९ हजार ५८३ लिरा (लगभग ८४५ डलर) को खुद ज्यालाको मागलाई रूपरेखा दिएका थिए ।

युनियनले यो सङ्ख्याभन्दा कम कुनैपनि निर्णयलाई अनुमोदन नगर्ने दोहोर्‍याएका थिए । २०२४ को लागि न्युनतम ज्याला १७ हजार २ लिरामा सेट गरिएका थिए । यसैबीच टर्कीको वार्षिक मुद्रास्फीति दर नोभेम्बरमा ४७.०९ प्रतिशतमा झरेको छ ।

जुन २०२३ को जुन यताकै न्युन स्तर हो ।


प्रकाशित मिति: १० पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?