Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

टर्कीले ऊर्जा, यातायात पूर्वाधारको पुनर्निर्माणमा सिरियालाई सहयोग गर्ने


काठमाडौँ। टर्किएले प्रमुख ऊर्जा र यातायात पूर्वाधारको पुनर्निर्माणमा सिरियालाई सहयोग गर्ने घोषणा गरेका छन् ।

उर्जा मन्त्रालयको प्रतिनिधिमण्डलले जतिसक्दो चाँडो सिरियाको बिजुली र ऊर्जा पूर्वाधारको जाँच गर्ने र ऊर्जा संकटलाई सम्बोधन गर्न समाधान प्रश्ताव गर्ने बताएका छन् ।

यसैबीच टर्कीका यातायात र पूर्वाधारमन्त्री अब्दुलकादिर उरालोग्लुले टर्किएले सिरियाको यातायात केन्द्रहरूको पुनस्र्थापनाका लागि दमस्कस र एलेप्पोको विमानस्थल पुनस्र्थापना गर्ने प्रयास गर्ने बताए । अनादोलु पब्लिशर्स फेडेरेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उरालोग्लुले एयरपोर्टहरूको निरीक्षण गर्न एउटा टोली सिरिया पठाइएको बताएका छन् ।

टर्कीका विदेश मन्त्री हाकान फिदानले दमास्कसमा हयात तहरीर अल–शाम कमाण्डर अहमद अल–शारासँगको भेटमा सिरियाको पूर्वाधार पुनर्निर्माण, यसका संस्थाहरूको पुनर्संरचना र विस्थापित सिरियालीहरूलाई फिर्ता गर्न टर्कीले समर्थन गर्ने वाचा गरेपछि यो घोषणा गरिएको बताएका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?