Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

टर्कीले ऊर्जा, यातायात पूर्वाधारको पुनर्निर्माणमा सिरियालाई सहयोग गर्ने


काठमाडौँ। टर्किएले प्रमुख ऊर्जा र यातायात पूर्वाधारको पुनर्निर्माणमा सिरियालाई सहयोग गर्ने घोषणा गरेका छन् ।

उर्जा मन्त्रालयको प्रतिनिधिमण्डलले जतिसक्दो चाँडो सिरियाको बिजुली र ऊर्जा पूर्वाधारको जाँच गर्ने र ऊर्जा संकटलाई सम्बोधन गर्न समाधान प्रश्ताव गर्ने बताएका छन् ।

यसैबीच टर्कीका यातायात र पूर्वाधारमन्त्री अब्दुलकादिर उरालोग्लुले टर्किएले सिरियाको यातायात केन्द्रहरूको पुनस्र्थापनाका लागि दमस्कस र एलेप्पोको विमानस्थल पुनस्र्थापना गर्ने प्रयास गर्ने बताए । अनादोलु पब्लिशर्स फेडेरेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उरालोग्लुले एयरपोर्टहरूको निरीक्षण गर्न एउटा टोली सिरिया पठाइएको बताएका छन् ।

टर्कीका विदेश मन्त्री हाकान फिदानले दमास्कसमा हयात तहरीर अल–शाम कमाण्डर अहमद अल–शारासँगको भेटमा सिरियाको पूर्वाधार पुनर्निर्माण, यसका संस्थाहरूको पुनर्संरचना र विस्थापित सिरियालीहरूलाई फिर्ता गर्न टर्कीले समर्थन गर्ने वाचा गरेपछि यो घोषणा गरिएको बताएका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?