२६ भदाै, एजेन्सी । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ६ सय पुगेको छभने तीन हजार जना घाइते भएका छन् । अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन् । भूकम्पबाट आघातग्रस्त घरबारविहीनहरूले आफ्नो ज्यान जोकिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबारदेखि
२६ भदाै, एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ । नेता किम चढेको रेल उत्तर कोरियाबाट प्रिमोर्स्की क्षेत्रमा प्रवेश गरेको तस्बिर पनि रिया नावोस्तीले सार्वजनिक गरेको छ । गाढा हरियो डिब्बासहितको उत्तर कोरियाली रेललाई रुसी रेलवे
२६ भदाै, एजेन्सी । अन्ततः स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् । यही भदौ ३ गते अष्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा इङ्ग्लयाण्डलाई हराएर च्याम्पियन बनेपछि स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भिडियो सार्वजनिक भएपछि विश्वभर उनको आलोचना भएको थियो । चुम्बन विवादमा तानिएका अध्यक्ष रुबियालेसले आफ्नो
२६ भदाै, एजेन्सी । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ ।
२५ भदाै, एजेन्सी । मध्य मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी थप एक सय जनाको मृत्यु भएको पुष्टि मोरक्कोको गृह मन्त्रालयले आइतबार गरेको छ । सार्वजनिक पछिल्लो विवरणअनुसार भूकम्पबाट कम्तीमा दुई हजार १२२ जनाको मृत्यु भएको छ भने दुई हजार ४२१ जना घाइते भएका छन् । मृत्यु हुनेमा अल हाउज
२५ भदाै, एजेन्सी । ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले आइतबार जनाएको छ । आँधीका कारण अर्जेन्टिना र उरुग्वेसँग सीमा जोडिएको रियो ग्रान्डे डो सुल राज्यका ६० वटा शहर र छिमेकी राज्य सान्टा क्याटारिनाका केही क्षेत्रमा
२५ भदाै, एजेन्सी । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले युरेसियाको विपरीत छेउमा रहेको चीन र युरोपबीच कुनै भूराजनीतिक द्वन्द्व नरहेको बताएका छन् । युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग जी-२० शिखर सम्मेलनका क्रममा भएको भेटमा लीले द्विपक्षीय सम्बन्धको सुदृढ र स्थिर विकासका लागि चीन युरोपसँग मिलेर काम गर्न तयार रहेको बताए । उनले
२५ भदाै, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले व्यापार, सुरक्षा र अधिकारका विषयमा दुई शक्ति राष्ट्रबीच गहिरो विभाजन भइरहेकाले आफूले चीनलाई ‘समेट्न’ नचाहेको बताएका छन् । वासिङ्टनले भारत, अस्ट्रेलिया र जापानसँग क्वाड सुरक्षा वार्ता र बेलायत र अस्ट्रेलियासँग एयूकेयूएस सम्झौतालगायत इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत गठबन्धन निर्माणमा ठूलो लगानी गरेको छ । तर उनले
२५ भदाै, एजेन्सी । सुडानको राजधानी खार्तूमको दक्षिणमा आइतबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारकर्मीले बताएका छन् । सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’को कमाण्ड सम्हाल्ने उनका पूर्व डेपुटी मोहमद हमदान डग्लोबीच गत अप्रिलमा भएको युद्धमा आइतबार
२५ भदाै, एजेन्सी । एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा सिङ्गापुरमा आपतकालीन अवतरण गरिएको छ । उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका छन् । चीनको दक्षिणपश्चिमी शहर छेन्दुबाट उडेको सीए ४०३ विमानले ‘फरवार्ड कार्गो होल्ड र शौचालयमा धुवाँको मुस्लो देखेको’ चाङ्गी विमानस्थलले फेसबुकमा जारी