Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

अष्ट्रेलियाका हरेक उद्योगमा लैङ्गिक तलब अन्तर कायमै


काठमाडौँ। अष्ट्रेलियाका हरेक उद्योगमा लैङ्गिक तलव अन्तर कायमै रहेको अध्ययनले देखाएको छ ।

पुरुषप्रधान उद्योगहरूमा ८३ प्रतिशत रोजगारदाताहरूले लैङ्गिक तलव अन्तर देखाएका छन् । महिलाहरूले प्रतिवर्ष पुरुषहरू भन्दा लगभग ३० हजार अष्ट्रेलियाली डलर (१८ हजार ६३० अमेरिकी डलर) कम कमाउँछन् । रोजगारदाता लैङ्गिक तलव अन्तर प्रतिवेदनले देखाउँछ कि सबै रोजगारदाताहरूमध्ये आधाले अझै पनि पुरुषहरूलाई महिलाहरू भन्दा १२ प्रतिशत बढी तलव दिन्छन् ।

राष्ट्रिय रूपमा महिलाहरूले अझै पनि प्रतिवर्ष औसत २८ हजार ४२५ अष्ट्रेलियाली डलर (१७ हजार ६५२ डलर) कम कमाउँछन् । कार्यस्थल लैङ्गिक समानता एजेन्सीद्वारा दोस्रो पटक प्रकाशित रिपोर्टले ७ हजार ८ व्यक्तिगत रोजगारदाताहरू र १ हजार ७ सय कर्पोरेट समूहहरूलाई समेट्छ । जसमा गत वर्षको तुलनामा आधाभन्दा बढीले आफ्नो लैङ्गिक तलव अन्तरमा सुधार ल्याएको छ । राष्ट्रव्यापी रूपमा ५ हजार ३४७ रोजगारदाताहरू अर्थात् ७२.२ प्रतिशत पुरुषहरूको पक्षमा लैङ्गिक तलव अन्तर राख्छन् । जबकि २१.३ प्रतिशतले तटस्थ अन्तर कायम राख्छन् । जसलाई औसत तलव भिन्नता प्लस वा माइनस ५ प्रतिशतको रूपमा परिभाषित गरिएको छ । यसैबीच, ६.५ प्रतिशत अर्थात ४७४ रोजगारदाताहरूले महिलाहरूलाई फाइदा हुने तलव अन्तरको रिपोर्ट गरिएको छ ।

लैङ्गिक तलव अन्तरको तथ्याङ्कको सार्वजनिक रिपोर्टिङले रोजगारदाताहरूलाई लैङ्गिक तलव अन्तरलाई सम्बोधन गर्न कदम चाल्न प्रोत्साहन प्रदान गर्दछ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?